logo

युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ हुनः अहमद

 इसीमाना सम्वाददाता     २०८० फागुन २६ गते ०१: ४२ मा प्रकाशित     1469   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका पर्सा सचिव युवना नेता तवरेज अहमदले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताएका छन ।


लिभिङ्ग विथ इनभाइरोन्मेन्टले आयोजना गरेको जिल्ला शाखाको पदास्थपन समारोहलाई सम्बोधन गर्दै अहमदे गतिशिलता र इमान्दारीताको प्रतीक आजको युवा बन्नु पर्ने बिचार ब्यक्त गरे ।

 

उनले उमेर त एउटा कुरा भयो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित गर्न नहुने बताए । उनले भने युवा उमेर पार गरेका बयस्कहरुमा त्यो बिशेषता देखिन्छ भने त्यो पनि युवा जोश र जाँगरयुक्त भन्न मिल्ने बताए ।


उनले आजको युवा प्रष्ट हुनु पर्ने बताए । सामाजिक अभियान रहक मात्र नभएर प्रतिफल प्राप्त योग्य बनाउन आवश्यक रहेको बताए । उनले स्वष्छ वतावरणा जीवनकोलागि आवश्यक रहेको कुरालाई समाजले पहिचान गर्ने बतावरण बनाउन आफूहरु तयार रहेको बताए ।

May be an image of 6 people, people smiling and dais
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउनेकुरा सम्बिधानले ग्यारेन्टी गरेको चर्चा गर्दै त्यो प्रवन्ध क्रियान्वयनमा सरकारहरु उदासिन रहेको चर्चा गरे ।

 

उनले स्वच्छ वतवारणको मुद्धा बिश्वब्यापी उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।


जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले लागेको भन्दै आलोचना गरे ।

May be an image of 6 people and dais
लिभिङ्ग विथ इनभाइरोन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको पर्सा शाखाको संयोजकमा अनमिका तिवारी,सहसंयोजकमा लकी बरनवाल,सचिवमा आयुष्मा सोनी,कोषाध्यक्षमा सुमन ठाकुर कार्यक्रम संयोजकमा अलोक मण्डल, सूचना अधिकारीमा उज्ववल राउत र सदस्यहरुमा प्रार्थना साह,बिकी सिंह र धिराज लाई पदास्थापित गरिएको थियो ।

साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए । 

May be an image of 6 people, television, newsroom and text

कार्यक्रममा कृष्ण चौरसिया, राजन रौनीयार दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।  कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे ,समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोपा मिश्र, बिमला गुप्ता , लालबाबु सिंह, अजित भूजेल लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.