logo

युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ हुनः अहमद

 इसीमाना सम्वाददाता     २०८० फागुन २६ गते ०१: ४२ मा प्रकाशित     1690   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका पर्सा सचिव युवना नेता तवरेज अहमदले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताएका छन ।


लिभिङ्ग विथ इनभाइरोन्मेन्टले आयोजना गरेको जिल्ला शाखाको पदास्थपन समारोहलाई सम्बोधन गर्दै अहमदे गतिशिलता र इमान्दारीताको प्रतीक आजको युवा बन्नु पर्ने बिचार ब्यक्त गरे ।

 

उनले उमेर त एउटा कुरा भयो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित गर्न नहुने बताए । उनले भने युवा उमेर पार गरेका बयस्कहरुमा त्यो बिशेषता देखिन्छ भने त्यो पनि युवा जोश र जाँगरयुक्त भन्न मिल्ने बताए ।


उनले आजको युवा प्रष्ट हुनु पर्ने बताए । सामाजिक अभियान रहक मात्र नभएर प्रतिफल प्राप्त योग्य बनाउन आवश्यक रहेको बताए । उनले स्वष्छ वतावरणा जीवनकोलागि आवश्यक रहेको कुरालाई समाजले पहिचान गर्ने बतावरण बनाउन आफूहरु तयार रहेको बताए ।

May be an image of 6 people, people smiling and dais
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउनेकुरा सम्बिधानले ग्यारेन्टी गरेको चर्चा गर्दै त्यो प्रवन्ध क्रियान्वयनमा सरकारहरु उदासिन रहेको चर्चा गरे ।

 

उनले स्वच्छ वतवारणको मुद्धा बिश्वब्यापी उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।


जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले लागेको भन्दै आलोचना गरे ।

May be an image of 6 people and dais
लिभिङ्ग विथ इनभाइरोन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको पर्सा शाखाको संयोजकमा अनमिका तिवारी,सहसंयोजकमा लकी बरनवाल,सचिवमा आयुष्मा सोनी,कोषाध्यक्षमा सुमन ठाकुर कार्यक्रम संयोजकमा अलोक मण्डल, सूचना अधिकारीमा उज्ववल राउत र सदस्यहरुमा प्रार्थना साह,बिकी सिंह र धिराज लाई पदास्थापित गरिएको थियो ।

साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए । 

May be an image of 6 people, television, newsroom and text

कार्यक्रममा कृष्ण चौरसिया, राजन रौनीयार दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।  कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोटे ,समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोपा मिश्र, बिमला गुप्ता , लालबाबु सिंह, अजित भूजेल लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.