logo

मदन गुप्ता बिरुद्ध प्रहरी प्रतिवेदन, कारवाहीको माँग,बल भन्सारको कोर्टमा

 इसीमाना सम्वाददाता     २०८० चैत ९ गते १७: ५० मा प्रकाशित     636   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेलाई समेत कारवाहीको माँग गर्दै बीरगंज भन्सारलाई प्रतिवेदन बुझाएको छ ।


प्रहरीले कैयौ पटक बिभिन्न गोदाममा छापामारी गरि समान बरामद गरेको छ । बिभिन्न ठाउमा मालवाहक ट्रक नै पक्राउ गरेको समाचारहरु प्रकाशन भएका छन । तर मालको मालिकका बारेमा कुनै प्रतिक्रिया नजनाउने प्रहरीले यसपटक बीरगंजका मदन रुन्चेको नाम लेखेर कारवाही गर्नु पर्ने प्रतिवेदन लेखेको छ । पर्सा प्रहरीले सम्पादन गरेका काममा यस्तो काम बिरलै मात्र भएको पाइन्छ ।


जुन सकुै सत्ता र जस्तो सुकै कडा प्रशासक आएपनि मदन रुन्चेको काम रोकिदैन भन्ने भाष्य निर्माण भएको थियो । पर्सा प्रहरीको यो कदमले त्यो भाष्यमा बदलाव आउछ की भन्ने आश जगाएको छ ।


पर्सा प्रहरीले ट्रान्सपोर्टका सञ्चालक मदन गुप्तामाथि भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गर्दै प्रतिवेदन बुझाए पछि यस्तो आश जागृत भएको चर्चा चलेका हो ।
पर्सा प्रहरीले गुप्ताले सञ्चालन गरेको ट्रान्सपोर्टबाट तस्करीका कपडा बरामद भएको उल्लेख गर्दै उनी र उनको फर्ममाथि आवश्यक कारबाहीको मागसहित प्रतिवेदन बीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए।


हिजो हामीले गुप्ताको ट्रान्सपोर्टमा छापामारी ग¥यौं, त्यहा अनाधिकृतरुपमा भण्डार गरि राखिएको तस्करीका कपडा बरामद भयो पर्सा प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले भने “हामीले त्यही मुचुल्का उठायौ गुप्ता र उनको फर्ममाथि आवश्यक कारबाहीको माग गर्दै सबै कागजात बीरगन्ज भन्सार कार्यालयमा बुझाएको छौं ।’ भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले गएराती जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्ट छापामारी ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । ट्रान्सपोर्टमा गरेको छापामारीबाट १८ लाख मूल्य बराबरको कपडा बरामद भएको प्रहरी भनाइ छ ।
आर्दशनगरस्थित गोविन्द वर्णवालको घर भाँडामा लिएर सञ्चालन गरिएको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टबाट तस्करीका १३ पोका कपडा बरामद भएको प्रहरी प्रवक्ता थापाले जनाए ।

चोरी पैठारी गरी अनाधिकृतरुपमा कपडा भण्डारण गरिएको आएको सूचनाबमोजिम छापामारी गर्दा ट्रान्सपोर्टको गोदामबाट भन्सार छलीका सामान बरामद भएको प्रहरी प्रवक्ता थापाको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.