वीरगञ्ज । पर्साबाट प्रहरीले करिब २१ लाख मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ ।
प्रहरीले बीरगंजका फरकफरक स्थानहरुबाट भन्सार छलीका ति सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट ४ लाख ५१ हजार मूल्यको कुर्ता सुरुवाल, कार्पेट र केही थान कपडाहरू बरामद गरेको उनले बताए ।
यस्तै प्रहरी टोलीले वीरगञ्ज–२१ परवानीपुर चोकबाट ना.५ च ३३८६ नम्बरको पिकअपबाट २ वटा दुहुना भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए । भैंसी साहु पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ का ५५ वर्षिय जोतनारायण यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानसहित पशुचौपाया तथा पिकअपलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनायो ।
तपाईको प्रतिक्रिया