logo

राष्ट्रिय धान दिवसमा बिभिन्न कार्यक्रम सम्पन्न, महानगरद्वारा कृषक सम्मानीत ,ठोरीले किसानलाई भरपुर सहयोग गर्ने

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०७: ५२ मा प्रकाशित     470   पटक पढिएको

बीरगंज ।२१ औं राष्ट्रिय धान दिवस मध्य तराईको बारा पर्सामा बिभिन्न कार्यक्रम गरि मानाईएको छ । मानो रोपेर मुरी फलाउने किसानको कर्मलाई देशले दिवसको रुपमा मनाउन थालेर सम्मान दिने प्रयास गरेको छ ।

May be an image of 10 people and text

बीरगंज महानगरपालिकाले वडा नं २७ उदयपुर घुर्मीमा धन रोपाई कार्यक्रम गरेको छ । सो अवसरमा महानगरले ७ जना उत्कृष्ट किसानलाई सम्मान गरेको थियो ।

बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले किसानलाई महानगरले सहयोग गर्ने बताए । उनले किसानको पिरमर्कालाई सम्बोधन गर्न महानगर सदैव प्रयासरत रहने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, आर्थिक बिकास महाशाखा प्रमुख प्रतिज्ञा बैद्य लगायत महानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of 12 people

त्यस्तै पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा रहेको ठोरी कृषक समूहको आयोजनामा राष्ट्रिय धानदिवस मनाइएको छ।ठोरी कृषक समूहका अध्यक्ष सुरेश तिमल्सिनाको अध्यक्षता तथा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा खेतमा रोपाईँ गर्दै धानदिवस मनाइएको हो।

ठोरीमा गठन गरिएको ३० वटा कृषक समूहहरूको सहभागिता रहेको धनदिवस कार्यक्रममा स्थानीय कृषकहरुसँगै खेतमा गएर ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली कुमारी रेग्मी,वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत,जनप्रतिनिधिहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु ,सुरक्षाकर्मी प्रमुखहरु तथा स्थानीय कृषकहरु सबै मिली ठोरी २ का कृषक राजु बस्नेतको खेतमा सामूहिक रोपाईं गर्दै धानदिवस मनाइएको हो।

May be an image of 10 people and grass


राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीमा गठित कृषक समूहहरुले मन ,बचन र कर्मले कृषि क्षेत्रमा लागिपरे गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

नेपाल कृषि प्रधान देश भएको हुँदा र ठोरी गाउँपालिका भित्र कृषिका विभिन्न खाले खेतीयोग्य जमिन रहेको हुँदा माटो अनुसार खेती गर्न सके कृषिकै माध्यमबाट ठोरीको आयआर्जनमा वृद्धि हुने विश्वास समेत अध्यक्ष श्रेष्ठले व्यक्त गरे।

May be an image of 8 people, tree and grass
कार्यक्रममा ठोरी गापाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी,वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत ,कृषक अगुवा अरुण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
ठोरी कृषक समूहका सदस्य अर्जुन बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजसेवी नरबहादुर क्षेत्रीले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.