logo

राष्ट्रिय धान दिवसमा बिभिन्न कार्यक्रम सम्पन्न, महानगरद्वारा कृषक सम्मानीत ,ठोरीले किसानलाई भरपुर सहयोग गर्ने

 इसीमाना सम्वाददाता     २०८१ असार १६ गते ०७: ५२ मा प्रकाशित     343   पटक पढिएको

बीरगंज ।२१ औं राष्ट्रिय धान दिवस मध्य तराईको बारा पर्सामा बिभिन्न कार्यक्रम गरि मानाईएको छ । मानो रोपेर मुरी फलाउने किसानको कर्मलाई देशले दिवसको रुपमा मनाउन थालेर सम्मान दिने प्रयास गरेको छ ।

May be an image of 10 people and text

बीरगंज महानगरपालिकाले वडा नं २७ उदयपुर घुर्मीमा धन रोपाई कार्यक्रम गरेको छ । सो अवसरमा महानगरले ७ जना उत्कृष्ट किसानलाई सम्मान गरेको थियो ।

बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले किसानलाई महानगरले सहयोग गर्ने बताए । उनले किसानको पिरमर्कालाई सम्बोधन गर्न महानगर सदैव प्रयासरत रहने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई, आर्थिक बिकास महाशाखा प्रमुख प्रतिज्ञा बैद्य लगायत महानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

May be an image of 12 people

त्यस्तै पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा रहेको ठोरी कृषक समूहको आयोजनामा राष्ट्रिय धानदिवस मनाइएको छ।ठोरी कृषक समूहका अध्यक्ष सुरेश तिमल्सिनाको अध्यक्षता तथा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा खेतमा रोपाईँ गर्दै धानदिवस मनाइएको हो।

ठोरीमा गठन गरिएको ३० वटा कृषक समूहहरूको सहभागिता रहेको धनदिवस कार्यक्रममा स्थानीय कृषकहरुसँगै खेतमा गएर ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली कुमारी रेग्मी,वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत,जनप्रतिनिधिहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु ,सुरक्षाकर्मी प्रमुखहरु तथा स्थानीय कृषकहरु सबै मिली ठोरी २ का कृषक राजु बस्नेतको खेतमा सामूहिक रोपाईं गर्दै धानदिवस मनाइएको हो।

May be an image of 10 people and grass


राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीमा गठित कृषक समूहहरुले मन ,बचन र कर्मले कृषि क्षेत्रमा लागिपरे गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

नेपाल कृषि प्रधान देश भएको हुँदा र ठोरी गाउँपालिका भित्र कृषिका विभिन्न खाले खेतीयोग्य जमिन रहेको हुँदा माटो अनुसार खेती गर्न सके कृषिकै माध्यमबाट ठोरीको आयआर्जनमा वृद्धि हुने विश्वास समेत अध्यक्ष श्रेष्ठले व्यक्त गरे।

May be an image of 8 people, tree and grass
कार्यक्रममा ठोरी गापाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी,वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत ,कृषक अगुवा अरुण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
ठोरी कृषक समूहका सदस्य अर्जुन बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजसेवी नरबहादुर क्षेत्रीले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.