logo

विपन्न परिवारसँग नगरप्रमुख,छ घरपरिवारलाई घर उपहार

 इसीमाना सम्बाददाता      २०८१ सावन १६ गते १३: ३१ मा प्रकाशित     458   पटक पढिएको

बालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई घर निर्माण गरिदिएको छ ।

आफ्नो नगरपालिका भित्र भएका बिपन्न परिवारलाई नगरपालिकाले उपहार स्वरुप घर उपलब्ध गराएको हो ।

आवासको हक सम्बिधानमा मौलीक कहको रुपमा ब्यवस्था गरिएको छ । नगरपालिकाले त्यही प्रवन्धलाई कार्यान्वयन गर्ने प्रयास गरेको बताइएको छ ।

चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मङ्गलबार हस्तान्तरण गरिएको हो।


चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको नगरप्रमुख देवबहादुर खाणले बताए।


‘घर निर्माण गर्न आफ्नो नामको लालपुर्जा भएको जग्गा उपलब्ध गरायौँ’, केशबहादुरले भने, ‘नगरपालिकाले आर्थिक सहयोग गरेर दुई कोठे घर बनाईदियो र अहिले त्यही नयाँ घरमा बस्न थालेका छौँ।’गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ।

प्रतिघर दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख खाणले बताए। नगरपालिकाका वडा नं १ र ७ मा एक–एक घर तथा वडा नं ४ र १० मा दुई–दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.