logo

हाम्रो माया घर’ निर्माणका लागि महायज्ञबाट ३५ लाख नगद सङ्कलन

 इसीमाना सम्वाददाता     २०८१ सावन २४ गते ०९: ३३ मा प्रकाशित     553   पटक पढिएको

महोत्तरी । सडक मानव र अनाथ बालबालिकाको व्यवस्थापनका लागि बर्दिवास–२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजित शिवपुराण महायज्ञको चौथो दिनसम्ममा ३५ लाख नगद संकलन भएको छ  । 


गत सोमबार प्रारम्भ भएको महायज्ञमा  प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको विद्वत टोलीले महायज्ञका कर्मकाण्ड, पाठ पारायण र कथावाचन गर्दै आएको छ । 


महायज्ञमा कथा श्रवण गर्न आएका भक्तहरूबाट हालसम्म ३५ लाख नगद प्राप्त भएको शिवपुराण माहायज्ञ मूल आयोजक समितिको अर्थ उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराइले जानकारी दिए । 

बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षेत्री र उनकी धर्मपत्नी मञ्जु क्षेत्रीले आफ्ना स्व .बाजे दानबहादुर क्षेत्रीको स्मृतिमा  १५ लाख नगद दिएको  भट्टराईले बताए  । महायज्ञमा दैनिक दुई हजारमाथि सङ्ख्याका श्रद्धालु भक्त कथा श्रवणमा सहभागी हुँदै आएका छन् ।


‘हाम्रो माया घर’ बर्दिवास–२ मा र १० करोड ६९ लाख ४५ हजार चार सय ७७ को लागतमा निर्माण हुन लागेको हो । बर्दिवास–२ दाताबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा ‘हाम्रो माया घर’ निर्माण गरिने तयारी बढेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.