logo

पत्रकार गुप्ता सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८१ भदौ १ गते ०६: ०५ मा प्रकाशित     516   पटक पढिएको

वीरगञ्ज ।यस वर्षको स्व.सुवोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार बिमला गुप्तालाई प्रदान गरिएको छ ।

 

नागरिक दैनीककालागि बीरगंज सम्वाददाताका रुपमा क्रियाशिल गुप्ताको नेतृत्वमा पर्साअनलाईन डटकम पनि संचालनमा छ ।

 

वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिक पार्क बीरगंजमा आयोजीत कार्यक्रममा पत्रकार गुप्तालाई पुरस्कृत गरेको हो ।

 

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ५१ हजार नगद राशि हस्तान्तरण सँगै दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

उक्त अवसरमा प्रतिक दैनिकमै कार्यरत ग्रामिण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट सम्वादाताको रुपमा पुरस्कृत गरिएको छ ।

यस्तै स्तम्भकारमा कुमार रूपाखेती र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई समेत सम्मान गरिएको छ ।

 

वार्षिकोत्सव कार्यक्रममा प्रतीक दैनीकका प्रधान सम्पादक जगदीश शर्माको अध्यक्ष तथा सम्पादक प्रताप श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.