वीरगंज। बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई मस्तिष्कघात भएको छ ।
उनको काठमाडौंको शिक्षण अस्पताल महाराजगंजको भेन्टिलेटरमा उपचार भइरहेको उनका छोरा सुरज पाण्डेले जानकारी दिए । पत्रकार पाण्डेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको पत्रकार पाण्डेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनलाई असहज भएपछि बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालमा भर्ना गरिएका पत्रकार पाण्डेको अवस्था सामान्य नै थियो । हामीसंग राम्रोसंग कुरा गर्नु भयो सबैलाई चिन्नु भयो बसेर कुरा गरेका थियौं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले भने उहाँको अवस्था भेन्टिलेटरमै राख्नु पर्ला जस्तो लागेको थिएन ।
काठमाण्डौ लैजादा सम्म कुरा गरिरहनु भएको थियो छारा पाण्डेले भने बान्ता त भईरहेको थियो तर अस्पताल लगे पछि शरीको देब्रे हर चल्न छाडेको उनले बताए ।र
मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको उपचार भइरहेको छ । पत्रकार पाण्डेलाई बिहिवार काठमाण्डौ लगिएको हो ।
तपाईको प्रतिक्रिया