logo

बुद्ध नेपालमा जन्मेको प्रचार गर्दै छ्यालीस देश पुगेः साइकल यात्री मर्हजन

 इसीमाना सम्बाददाता      २०८१ भदौ १६ गते १६: ५६ मा प्रकाशित     500   पटक पढिएको

बीरगंज । विश्व साईकल यात्री रामचन्द्र महर्जनलाइ ठोरी गाउँपालिकाको वडा नं ४ बिजयबस्तीका बासिन्दाले स्वागत गरेका छन ।

उनलाई विजयबस्तीका स्थानीयहरुले स्वागत गरेका हुन। महर्जनले हालसम्म ४६ देशको भ्रमण गरिसकेका छन् र नेपालका ५७ जिल्ला घुमिसकेका छन ।


विश्व भ्रमणको क्रममा आफूले गौतम बुद्ध नेपाल जन्मेको प्रचार गर्दै हिडको बताए । उनले साईकलको ह्याण्डलमा राष्ट्रिय झण्डा र बौद्ध झण्डा राखेर यात्रा गर्ने गरेको बताए।


मावि विजयबस्तीका विद्यार्थीहरुका माझ साईकल यात्री रामचन्द्र महर्जनले आफ्नो साईकल यात्राको उद्देश्य, महत्व र यात्रा अनुभवबारे बताएका थिए। यात्राको क्रममा नेपालको धेरै जिल्ला घुमिसकेका

महर्जनले, काठमाडौँ बाहेक नेवारहरुको घना बस्ती पहिलो पटक विजयबस्तीमा देखेकोले यो अनुभव आफ्नो यात्रा डायरीमा अविस्मरणीय घटनाको रुपमा उल्लेख गर्ने बताए।


यसपछि आफू पाकिस्तान, अफगानिस्तान हुँदै भ्रमण गर्ने समेत उनले जानकारी गराए। यात्रामा आफू जहाँ पुगे पनि नेपालीहरुले सहयोग गरेको महर्जनले बताए।


यसै क्रममा, साईकल यात्री रामचन्द्र महर्जनलाई नेपाली कांग्रेस ठोरीले छ हजार आर्थिक सहयोग प्रदान गरेको थियो। महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.