logo

बीरगंजबाट प्रकाशीत मध्य नेपाल सन्देश सम्मानीत

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०८: ११ मा प्रकाशित     566   पटक पढिएको

वीरगञ्ज ।वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई बिहिवार एक कार्यक्रमकावीच काठमाण्डौमा सम्मान गरिएको छ ।


मानव बेचविखन तथा ओसारपसार विरुद्धको अठारौं राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज सम्मान गरेको हो।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सूडीले पत्रिकाका सम्पादक कविता खड्कालाई दोसल्ला अ‍ेढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।


मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचना तथा अन्य समाचार सामाग्री प्रकाशन गरि महत्वपूर्ण योगदान पु¥याएको भन्दै मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान पत्र प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

 

मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मानित हुँदा सम्पादक कविता खड्काले खुसी व्यक्त गर्दै यसमा कर्मचारी समुहको ठुलो योगदान रहेको बताईन् ।

मध्य नेपाल टिमसँग आवद्ध रहेका ईमान्दार र पत्रकारितालाई बुझ्ने पत्रकारकै कारण पत्रिकाले सम्मान हासिल गर्न सफल भएको सम्पादक कविता खड्काले बताईन् ।

उनले पत्रिकासँग आवद्ध पत्रकार, कर्मचारी, विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक तथा शुवेच्छुकहरुलाई धन्यावाद ज्ञापन गरिन् । मध्य नेपाल सन्देश साप्ताहिक पत्रकार महिलाको नेतृत्वमा प्रकाशन हुदै आएको छ ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.