logo

ओजन फर लाइभ, बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गौतमका चौधरी भए प्रथम

 इसीमाना सम्वाददाता     २०८१ भदौ २९ गते ०५: ४० मा प्रकाशित     715   पटक पढिएको

बीरगंज । राष्ट्रीय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामको संस्थाले “ओजन फर लाइभ” शिर्षकमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।


बीरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजना गरिएको प्रतियोगितामा बीरगंजका बिभिन्न एघार बिद्यालयका बिद्यार्थीले भाग लिएका थिए ।

May be an image of 8 people and text

प्रतियोगिहरु आफनो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम , मानव जीवनमा त्यसको महत्व , ओजनको संरक्षणकालागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफना भनाई राखेका थिए ।


प्रतियोगितामा गौतम माध्यामिक बिद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितिय र माइस्थान बिद्यापीठ की रुपा गिरी तृतिय भएका थिए । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।


कार्यक्रममा डा. सुष्मा तिवारीले बिद्यार्थीले ओजन तहका बारेमा ब्यक्त गरेका बिचारहरु निकै महत्वपूर्ण रहेको बताइन । उनले प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिइन ।

May be an image of 17 people, hospital, newsroom and dais

बिगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरु यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं उनले भनीन अहिले भाईबहीनीहरुमा ढुक्कसंग बिचारको प्रस्तुती गर्ने कला देखेर म निकै खुशी छु ।


कार्यक्रममा जनमतका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदसइ के.सी.लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


फिरोज अन्सारीको अध्यषतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रमको संचालन आयुष्मा सर्।ाफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबे प्रतियोगीलाई सहभागिताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी,योगिशा श्रेष्ठ,मुस्कान बरनवाल,सोनी साह कलवार,आकाश साह लगायतले भाग लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.