logo

तेरापन्थ युवक परिषदद्वारा आयोजीत रक्तदान,१६ महिला सहित २११ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ भदौ २९ गते ०८: ४१ मा प्रकाशित     397   पटक पढिएको

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा सम्पन्न भएको छ ।

 

रक्तदान कार्यक्रममा १६ महिला सहित २ सय ११ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा अन्नु कर्ण,निशा कार्की,संगीता शर्मा ,कुसुम जैन,रुचिका मोरे,सारिका अग्रवाल,प्रीया गुप्ता,स्वेता श्रीवास्तव ,पुजा दुग्गड,संगीता सरावगी ,रिशिका पोखरेल रन्जित पोखरेल,सुभाष भट्टराई ,सुशील कुमार सिंह ,मुकेश अग्रवाल,आकाश पटेल,अरजेश के.सी,गौतम कानु,बिक्रम तिवारी,गोपाल अग्रवाल,राकेश महर्जन लगायतले रक्तदान गरि मानवता बलियो बनाएको कार्यक्रमका सह संयोजक नरेश भंसालीले बताए ।


सो अवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज दानवीरको शहर भएको चर्चा गर्दै तेरापन्थ युवक परिषदले आयोजना गरेको रक्तदान जस्तो महादान कार्यमा रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको बताए ।

तेरापन्थले विगतका वर्षहरुमा यस्तो सामाजिक कार्य गर्दै देश जनता समाजको सेवामा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गरे । ४ दिनमै ६ सय ५० पोका रगत संकलन गरिसकेकोले अब १ हजार ५ सय पिन्ट रगतको लक्ष्य टाढा नरहेको बताए ।


तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रममा तेरापन्थ युवक परिषदका केन्द्रीय सचिव अमित नाहटा , तेयुप नेपालका प्रभारी जिनेन्द्र नौलखा, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद ,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती विरेन्द्र राज कडेल,उपसभापती मधु राणा,ससस्त्र प्रहरी नायव उपरिक्षक नरेन्द्र धामी ,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नीरिक्षक निरोज चौलागाइ, रोशन कार्की ,मानवअधिकारकर्मी राजेश जैन बोथरा परिषदका उपाध्यक्ष पीयूष जम्मड,पंकज बैद, कार्यक्रम संयोजक धिरज बोरड,सहसंयोजक सौरभ भुटोरिया,अजय पुग्लिया, अकिंत भन्साली,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।


तेरापन्थ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ । शनिवार चौथो दिन बीरगंजको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक जितेन्द्र कुश्वाहा लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले र सहजीकरण सचिव सुमित सेठियाले गरेको सह संयोजक नरेश भंसालीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.