चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक साह र बारा बाट अन्य दुई जना पक्राउ
इसीमाना सम्वाददाता
२०८१ कार्तिक ९ गते ०५: ०६ मा प्रकाशित
371 पटक पढिएको
गौर । चाँदीको गहनासहित भारतको सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनारलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।
करिब आठ केजी चाँदीका गहनासहित सोनार पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चादी फेला पारेको हो ।
त्यसैगरि बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगंजबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका ६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका ८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरीले ना ५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोष लाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया