logo

लघुवित्त पीडितद्वारा गाउँगाउँबाट वित्तिय माफियाहरुलाई लखेट्ने घोषणा

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ४ गते ०५: ४४ मा प्रकाशित     466   पटक पढिएको

काठमाडौं । सरकारले आफ्ना माघ पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तिय संस्था लखेट्ने घोषणा गरेको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई गैर जिम्मेवार नबन्न चेतावनीसमेत दिएको छ ।

सो कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरुलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए । केसीले लघुवित्त पीडितहरुको प्रतिवेदन सरकारले सार्बजनिक र कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै भने,“सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यीनै पीडितको आन्दोलन चुनौति बन्ने निश्चित छ ।”

समितिका अध्यक्ष मनिराम ज्ञावालीले नेपाल सरकार राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुङगाना तिमिल्निाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले लघुवित्त पीडित प्रतिवेदन २०८१ असार २६ गते पारित प्रतिवेदनलाई सार्बजनिक र कार्यान्वयन गर्न माग गरे । सरकारले त्यसो नगरेकाले थप मागहरुसहित समग्र वित्तिय शोषणको विरुद्धमा आउने चैत ५ गतेदेखि काठमाडौं  केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेका छन् ।

 अध्यक्ष ज्ञवालीले माग पुरा नहुन्जेल आन्दोलनमा जुट्न लघुवित्त, बैंक, सहकारी र मिटरब्याजी पीडितहरुलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरे । ज्ञवालीले वित्तिय शोषण विरुद्धको संघर्षमा आफूहरु संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तिय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समिति नेपालका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरुलाई कुल्चने कुचेष्टा गरे गाउँगाउँबाट वित्तिय शोषकहरुलाई लखेट्ने चेतावानी दिए ।

नेसन फस्र्टका संयोजक डा।नन्द प्रसाद काप्रीले वर्तमान केपी ओली सरकार जनताको पक्षमाभन्दा, दलाल, भ्रष्टहरुको पक्षमा रहेको आरोप लागउँदै भने,“बैंक,लघुवित्त, सहकारी र मिटर ब्याजी पीडितले आवाज उठाउँदा जेल केच्दै छ, अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।”

राष्ट्रिय स्वयमसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तिय माफियाहरुसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए ।

सो समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनता भन्दा पनि वित्तिय माफिया, भ्रष्टाचारी र तस्करहरुको संरक्षक भएको आरोप लगाए । चौलागईले त्यसका विरुद्ध जस्तोसुकै लडाईका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे । सो कार्यक्रमलाई राष्ट्रिय स्वयमसेवक नेपाल कोशी प्रदेशका संयोजक दिलीप ग्राङ्जा मगरले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.