logo

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा चिया वितरण

 इसीमाना सम्वाददाता     २०८१ पौष २८ गते ०८: ५६ मा प्रकाशित     546   पटक पढिएको

वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा वीरगञ्जको माइस्थान क्षेत्रमा करिब पाँच सय जनालाई चिया वितरण गरिएको छ ।


साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस, सेस्मी एकेडेमी, विजय पथ, गोल्डन स्पैरो, गहवामाई, ग्रीन सिटी र इनिसिएटिभको संयुक्त आयोजनामा चिया वितरण गरिएका हो ।

 

 अहिले जाडोको मौसममा लायन्स क्लबका सदस्यहरूले समुदायलाई सहयोग गर्ने उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गरेका थिए ।


लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका लायन उमेश साह कानूको अगुवाइमा सम्पन्न कार्यक्रममा उप गभर्नर लायन राम बिहारी पाण्डे, मेल्भिन जोन्स साता ब्यापी कार्यक्रम संयोजक लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन सुनील गुप्ता, लायन विनीत जायसवाल, लायन किरण अग्रवाल, उमेश गुप्ता, प्रकाश उपाध्याय, दीना गुप्ता लगायत समाजसेवी, पत्रकार र स्थानिय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.