logo

रामकुमार महावीर प्रसाद केडिया आँखा  अस्पतालको उपराष्ट्रपति यादवले गरे मुक्तकण्ठले प्रशंसा

 इसीमाना सम्वाददाता     २०८१ फागुन १२ गते ०४: ४९ मा प्रकाशित     419   पटक पढिएको

वीरगन्ज । उपराष्ट्रपति रामसहाय यादवले रामकुमार महावीर प्रसाद केडिया आँखा  अस्पतालको मुक्तकण्ठले प्रशंसा गरेका छन ।

 

 ५० वर्ष अघि आँखाको उपचारको आवश्यकता महशुस गरे निर्माण गरिएको अस्पतालले नेपाल र भारतका गरी २७ लाख नागरिकलाई सेवा दिएको छ भने ४ लाख नागरिकको नेत्र शल्यक्रिया गरेर ज्योती फर्काउने काम गरेको छ । 

अस्पतालको ५० औ वािर्षकत्सोव अवसरमा आयोजीत स्वर्ण महोत्सवमा सहभागी हुन उपस्थित भएका  उपराष्ट्रपति यादवले 


५० वर्षमा रामकुमार महावीर आँखा अस्पतालले धेरै राम्रो काम गरेको  जनाए । उनले  अबका दिनहरुमा अझ प्रभावकारी  सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

उनका अनुसार अहिलेसम्म अस्पतालको गुणस्तरीय सेवा  छ । यहीकारणले नै होला पर्सा, बारा, रौतहट, मकवानपुरसहित छिमेकी देश भारत विहारबाट पनि आँखा उपचार गराउन विरामीहरु आउने गरेका हुन ।

आँखा सम्बन्धी १८ प्रकारको उपचार सेवा दिइरहेको आफूलाई खुसी लागेको उपराष्ट्रपति यादवले भनेका छन् ।

उनी भन्छन्, ‘यो क्षेत्रमा लामो समयदेखि आँखा अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ, अब यसमा नयाँनयाँ प्रविधिको उपयोग गर्दै लैजानुपर्छ ।

 

 यसरी विकसित यो अस्पताललाई देशकै नमुना आँखा अस्पताल बनाउन जरुरी छ ।’


अस्पतालका अध्यक्ष परमेश्वरी देवी केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका राजेश केडियाले स्वागत मन्त्ब्य र पत्रकार लक्ष्मी खरेलले कार्यक्रमको संचालन गरेकी थिइन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.