logo

सातै प्रदेशका भौतीक पूर्वाधारमन्त्रीको मधेशमा जमघट, बिकासमा तीनै तहका सरकारको समन्वयमा जोड

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १५ गते ०८: २८ मा प्रकाशित     1141   पटक पढिएको
वीरगंज। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरुबीच  समन्वय आवश्यक रहेको बताएका छन् ।
 
सोमबार मधेस प्रदेशको बर्दिबासमा मधेश सरकारको  भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजीत सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशिय एकता र भिन्नता विषयक छलफलमा उनले यस्तो बताएका हुन ।
 
 
सातै प्रदेशका भौतिक मन्त्रीहरूको सहभागितामा सम्पन्न अन्तर प्रादेशिक छलफललाई सम्बोधनका क्रममा उनले एक अर्को सरकारबिच विश्वास र समन्वय भएमात्र  विकास निर्माणलाई गति दिन सक्ने बताएका हुन् ।
 
संविधानले निर्दिष्ट गरेका अधिकारहरूको कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकार हिचकिचाउन नहुने उनको भर्ना छ । मन्त्री दाहालले  आफ्नो क्षमता विकास गर्दै अधिकारहरूको कार्यान्वयन गर्न  उनले प्रदेशका मन्त्रीहरूलाई आह्वान गरे। 
 
 
सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन सके विकास निर्माणले पनि गति लिने भन्दै मन्त्री दाहालले अब सङ्घीय सरकारले अधिकार दिएन भनेर वा प्रदेश सरकारहरूले काम गर्न सकेनन् भनेर अल्मलिने बेला नभएको  बताए ।
 
‘कुन तहको सरकारको के अधिकार र जिम्मेवारी हो संविधानले प्रस्टै व्यवस्था गरेको छ’ मन्त्री दाहालले भने ‘यति हुँदा पनि हामी अलमलियौँ र अधिकार दिने–लिने मात्र कुरा गरिरहयौँ भने सङ्घीयताको कार्यान्वयन संवैधानिक मर्मअनुसार नहुने बताए । त्यसैले अब अलमलिएर होइन, प्रस्ट भएर विकास निर्माणलाई गति दिन जरुरी छ ।’
 
सङ्घीयता र गणतन्त्रले के दियो भनेर नागरिकलाई भ्रम फैल्याउन खोज्नेहरू सलबलाउन थालेको भन्दै उनले सङ्घीय गणतन्त्रका उपलब्धिहरू नागरिकसम्म पुर्‍याउन पनि जरुरी रहेको बताए ।
 
साबिकको एक मात्र पूर्वपश्चिम राजमार्ग एसियन मापदण्ड अनुसार विस्तार भइरहेको, अरू तीनओटा पूर्वपश्चिम राजमार्गहरू तीव्र रूपमा बनिरहेको, उत्तर–दक्षिण करिडोरहरुले त्रिदेशीय व्यापार प्रवर्द्धनको ढोका खोलिरहेको, ग्रामीण दुर्गम क्षेत्र सम्म सडक सञ्जाल पुर्‍याइएको जस्ता विषयलाई कसैले पनि नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो । 
 
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे ।
 
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरुले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताए । 
 
सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका ठूला योजना समयमै पूरा गरिएमा जनताले विकासको अनुभूति गर्न पाउने तथा समग्रमा राष्ट्रले विकासमा फड्को मार्ने मुख्यमन्त्री सिंहको भनाइ थियो ।  कार्यक्रमबाट मधेस प्रदेश सरकारलाई आगामी दिनमा विकासका कदम  चाल्न मद्दत पुग्ने  बिश्वास ब्यक्त गरे । 
 
कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ–आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका थिए ।
 
बैठक मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको हो । कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार सम्बन्धी मन्त्रीहरू सहभागी रहेका थिए ।
 
कार्यक्रम मधेश सरकारका भौती पूर्वाधार मन्त्री सरोज यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 
 
 
 
 
 
 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.