logo

सातै प्रदेशका भौतीक पूर्वाधारमन्त्रीको मधेशमा जमघट, बिकासमा तीनै तहका सरकारको समन्वयमा जोड

 इसीमाना सम्बाददाता     २०८२ बैशाख १५ गते ०८: २८ मा प्रकाशित     258   पटक पढिएको
वीरगंज। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरुबीच  समन्वय आवश्यक रहेको बताएका छन् ।
 
सोमबार मधेस प्रदेशको बर्दिबासमा मधेश सरकारको  भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा आयोजीत सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती विषयक छलफल तथा अन्तर प्रदेशिय एकता र भिन्नता विषयक छलफलमा उनले यस्तो बताएका हुन ।
 
 
सातै प्रदेशका भौतिक मन्त्रीहरूको सहभागितामा सम्पन्न अन्तर प्रादेशिक छलफललाई सम्बोधनका क्रममा उनले एक अर्को सरकारबिच विश्वास र समन्वय भएमात्र  विकास निर्माणलाई गति दिन सक्ने बताएका हुन् ।
 
संविधानले निर्दिष्ट गरेका अधिकारहरूको कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकार हिचकिचाउन नहुने उनको भर्ना छ । मन्त्री दाहालले  आफ्नो क्षमता विकास गर्दै अधिकारहरूको कार्यान्वयन गर्न  उनले प्रदेशका मन्त्रीहरूलाई आह्वान गरे। 
 
 
सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन सके विकास निर्माणले पनि गति लिने भन्दै मन्त्री दाहालले अब सङ्घीय सरकारले अधिकार दिएन भनेर वा प्रदेश सरकारहरूले काम गर्न सकेनन् भनेर अल्मलिने बेला नभएको  बताए ।
 
‘कुन तहको सरकारको के अधिकार र जिम्मेवारी हो संविधानले प्रस्टै व्यवस्था गरेको छ’ मन्त्री दाहालले भने ‘यति हुँदा पनि हामी अलमलियौँ र अधिकार दिने–लिने मात्र कुरा गरिरहयौँ भने सङ्घीयताको कार्यान्वयन संवैधानिक मर्मअनुसार नहुने बताए । त्यसैले अब अलमलिएर होइन, प्रस्ट भएर विकास निर्माणलाई गति दिन जरुरी छ ।’
 
सङ्घीयता र गणतन्त्रले के दियो भनेर नागरिकलाई भ्रम फैल्याउन खोज्नेहरू सलबलाउन थालेको भन्दै उनले सङ्घीय गणतन्त्रका उपलब्धिहरू नागरिकसम्म पुर्‍याउन पनि जरुरी रहेको बताए ।
 
साबिकको एक मात्र पूर्वपश्चिम राजमार्ग एसियन मापदण्ड अनुसार विस्तार भइरहेको, अरू तीनओटा पूर्वपश्चिम राजमार्गहरू तीव्र रूपमा बनिरहेको, उत्तर–दक्षिण करिडोरहरुले त्रिदेशीय व्यापार प्रवर्द्धनको ढोका खोलिरहेको, ग्रामीण दुर्गम क्षेत्र सम्म सडक सञ्जाल पुर्‍याइएको जस्ता विषयलाई कसैले पनि नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो । 
 
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गरे ।
 
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयताका विरोधीहरुले सङ्घीयताविरुद्ध दुष्प्रचार गरिरहेको बताए । 
 
सङ्घीय सरकारद्वारा ठेक्का लगाइएका ठूला योजना समयमै पूरा गरिएमा जनताले विकासको अनुभूति गर्न पाउने तथा समग्रमा राष्ट्रले विकासमा फड्को मार्ने मुख्यमन्त्री सिंहको भनाइ थियो ।  कार्यक्रमबाट मधेस प्रदेश सरकारलाई आगामी दिनमा विकासका कदम  चाल्न मद्दत पुग्ने  बिश्वास ब्यक्त गरे । 
 
कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ–आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका थिए ।
 
बैठक मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको हो । कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार सम्बन्धी मन्त्रीहरू सहभागी रहेका थिए ।
 
कार्यक्रम मधेश सरकारका भौती पूर्वाधार मन्त्री सरोज यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 
 
 
 
 
 
 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शसस्त्र प्रहरीमा एआइजी बढुवा प्रकरण “बोल्नेको पिठो बिक्ने नवोल्नेको चामल नबिक्ने ”उखाँन चरितार्थ गर्ने कोशीस जारी

वीरगंज । सशस्त्र प्रहरीमा एआइजी बढुवामा ठुलो चलखेलको आशंका बढेको छ । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए।

आँखादान मानवीय कर्तव्य होः महानगरप्रमुख सिंह

वीरगंज । “ दृष्टिविहीनका लागि दृष्टि”भन्ने नाराका साथ वीरगंज महानगरपालिकाको सहकार्यमा तेरापंथ युवक परिषद् वीरगंजले जनजागृत कार्यक्रम सञ्चालन गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.