९ वर्षिया बालिकालाई यौन दूर्ब्यवहार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिकाको वडा नं २० बस्ने २२ सरोज चौरसियालाई शनिवार गिरफतार गरेको छ ।
चौरसियालाई प्रहरीले उनको घरबाटै गिरफ्तार गरेको हो । बैशाख ३१ गते आफनै धुनमा खेल्दै गरेकी बालिकालाई धान दिने प्रलोभन देखाई आफनै घरमा बोलाई भर्याङमुनी एकान्तमा लगी दूब्र्यवहार गरेका थिए ।
करणी गर्ने मनशायले पछाडीबाट सम्बेदनशील अंगमा समात्दा बालिकाले प्रतिकार गरेर फूत्कीएकी थिइन । वालिकाले आफूसंग भएको दूर्ब्यवहार को बारेमा आफनो अभिभावकलाई भने पछि चौरसिया बिरुद्ध अभिभावकले जेठ १ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको वालिकाका बुबाले बताउनु भयो ।
चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
बाल यौन दूर्ब्यवहार सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया