Sunday, 22 June 2025, 8:34:16 am

बारामा एकै परिवारका दुई बालकको घाँटी रेटि हत्या, प्रहरीद्वारा अनुसन्धान शुरु

      5/18/2021 गते 00 00 मा प्रकाशित     666   पटक पढिएको

बाराको कलैयामा एकै परिवारका दुई नावलकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

 

कलैया उपमहानगरपालिकाको रंगपुरमा रहेको रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ  । दुबै जना दुवैजना सहोदर दाजु भाई हुन् ।


कलैया उपमहानगरपालिका वडा नं. ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्।

घटनास्थल शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो  । घटनाका सम्बन्धमा प्रहरीले केहीसमयपछि विस्तृत विवरण दिने बताइएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु