कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ३ पकयैया निवासी २९ वर्षिय चिकित्सक डा. मुराद हुसेनको उपचारको क्रममा जेठ ९ गते बिहान काठमाण्डौको मेडिसीटी अस्पतालमा निधन भएको छ ।
बीरगंजको हेल्थकेयर अस्पतालमा कार्यरत डा.मुराद संगै अन्य पाँच जना चिकित्सकमा पनि ०७८ बैशाख २१ मा संक्रमण पुष्टि भएको थियो । शुरुमा बीरगंज हेल्थकेयरमै उपचार गराएका डा. हुसेनको स्वास्थ्यमा सुधार नआएपछि जेठ १ गते थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगि मेडीसिटि अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँले कोरोना विरुद्धको खोपको एउटा मात्र डोज लगाउनु भएको बीरगंज हेल्थ केयर अस्पतालका संचालक डा.अवुलहैस अन्सारीले जानकारी दिनु भयो । ।डा. हुसेन एक महिना अगाडिमात्र बङ्लादेशबाट अर्थोपेडिकमा एमएसको को पढाई सकेर बीरगंज फर्किएर वीरगञ्ज हेल्थ केयर अस्पतालमा काम गर्दै आउनु भएको थियो ।
कोरोना सङ्क्रमणले गर्दा उहाँको दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको कारण श्वासप्रश्वासमा समस्या हुँदै आएको थियो । फोक्सोमा भएको निमोनियाले नै गर्दा गर्दा उहाँको मृत्यु भएको डा. अन्सारीले जानकारी दिनु भयो ।सङ्क्रमण पुष्टि भएका अन्य चिकित्सकहरुको अहिले हेल्थ केयरमै उपचार चलिरहेको छ ।
तपाईको प्रतिक्रिया