बुधवार साझ सर्लाहीको बागमती पुग्नु भएका मुख्य मन्त्री राउतको टोलीले तालको अबलोकन भ्रमण गरेको हो । मुख्य मन्त्री राउतले तालमा बोटिङ गर्दै ताल सगै नगरको समग्र विकासको बारेमा जानकारी लिनु भएको थियो ।
राउतले झण्डै २० मिनेट तालमा बोटिङमा बिताउनु भयो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले मुख्य मन्त्री राउतलाई तालको स्वरुप तथा बिषेशताको विषयमा जानकारी गराउनु भएको थियो ।
मुख्य मन्त्री राउतले बहुभाषा, सस्कृती, रितिरिवाज झल्कने पर्यटकिय केन्द्रको रुपमा विकास गर्न समेत सुझाउनु भएको थियो । नगरले तयार गरेको ताल यस क्षेत्रको आर्थिक, सामाजिक, पर्यटन सगै बातावरण विकासको ठुलो मेरुदण्ड सावित हुने मुख्यमन्त्री राउतको भनाई थियो ।
मुख्यमन्त्री राउतले ताल निर्माणकार्यमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । तालाको अवरोकन भ्रमण पछि मुख्यमन्त्री राउतको टोली जनकपुर तर्फ फर्किएको थियो । पोखरिको सोन्दर्यमा करोडौ रकम खर्चिदै आउनु भएका मुख्यमंत्रीले यो तालमा भने सरकारको एक पैसा पनि लगानी गर्नु भएको छैन ।
तपाईको प्रतिक्रिया