logo

परवानिपुर सबस्टेशनमा सर्टसर्किट, १४ फिडर ध्वस्त, तीन जना घाइते

 इसीमाना सम्बाददाता     २०८२ असोज १ गते ०९: २४ मा प्रकाशित     348   पटक पढिएको

परवानिपुर। बुधबार साँझ परवानिपुरस्थित सबस्टेशनमा अचानक सर्टसर्किट हुँदा वीरगंज, सिमरा, नरायणी, जगदम्बा, चोर्नी, भलुहीसहित यस क्षेत्रका १४ फिडर ध्वस्त भएका छन।

 

जसले गर्दा बिधुतको आपूर्ती ब्यवस्थामा अवरोध सृजना भएको छ । 

 

नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर अमित चौधरीका अनुसार, सर्टसर्किटका कारण सबस्टेशनभित्रका पाँचवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन।

 

 उनले गण्डकस्थित सबस्टेशनमार्फत वीरगंज र प्रसौनीलगायतका क्षेत्रमा वैकल्पिक रूपमा विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको जानकारी दिएका छन।

 

सर्टसर्किटसँगै लागेको आगलागीमा तीन जना घाइते भएका छन। प्राधिकरणले घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको बताएको छ।

 

फिडर ध्वस्त भएपछि वीरगंज–सिमरा औद्योगिक क्षेत्रलगायत विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। प्राधिकरणले क्षति मूल्यांकनसहित मर्मत कार्य सुरु गर्ने तयारी गरिरहेको छ।

 

विद्युत आपूर्ति शीघ्र सुचारु गर्न गण्डकस्थित सबस्टेशनमार्फत वैकल्पिक विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.