पर्सा, ठोरी गाउँपालिका–३ बुद्धनगर निवासी एकल महिला कमला मिजारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। घर निर्माण सहयोग अभियानका संयोजक बालकुमार बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष शम्भु खड्काले घर हस्तान्तरण गरेका हुन।
कार्यक्रममा समाजसेवी शिक्षक सन्तोष श्रेष्ठले ठोरीका बौद्धिक नागरिकहरूको पहिचानको रूपमा यस्ता मानवीय कार्यक्रमहरू सञ्चालन भइरहेका बताउँदै यसको श्रेय सचेत नागरिकलाई जाने उल्लेख गरे।
त्यस्तै, एकल तथा दलित महिलाको घर निर्माण गरेर सहयोग गरेकोप्रति धीरसिंहले संयोजक बस्नेतलाई धन्यवाद ज्ञापन गरे ।
वडाध्यक्ष खड्काले अभियान सञ्चालन गर्ने टोलीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो अभियान निरन्तर हुने विश्वास व्यक्त गरे ।
संयोजक बस्नेतले आफ्नो अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार प्रकट गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरे ।
घर निर्माणमा लागेको लागत तथा सहयोगी दाताहरूको विवरण उद्घोषक तारा ढुड्गेले प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी, स्थानीय प्रतिनिधि र नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया