पर्सामा मंगलवार बिहान परेको चट्याङ्का कारण ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पटेर्वा सुगौली गाउँपलिका वडा नं १ गदियानी टोलका २७ वर्षिय रोशनलाल गद्धीको मृत्युु भएको छ ।
त्यसै गरि सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देउरवानाका ५५ वर्षिय रघुवीर यादवको पनि चटयाङ लागेर मृत्यु भएको छ । पटेर्वा सुगौलीको वडा न ं४ पथरैयामा भैसी चराउन गएका यादवको ज्यान गएको हो ।
मंगलवार बिहानै परेको चट्याङ्का कारण जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर बस्ने ५० वर्षीय असतुरनी देवी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनु भयो ।
चट्याङ् लागेर पटेर्वासगौली गाउँपालिका वडा नम्बर १ का राजबली गद्ध घाइते भएका छन् । घाइते गद्धीलाई उपचारका लागि नारायणी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक थापाले बताउनु भयो ।
तपाईको प्रतिक्रिया