वीरगन्ज महानगरपालिकाका नरण प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रका छात्राहरुलाई साईकल वितरण गर्नुभएको छ ।
महानगरपालिकाको अनुदान सहयोगमा वडा नम्बर १८ नेरामावि भवानीपुरका गरिब, जेहेन्दार, दलित ३५ जना छात्राहरुलाई नगरप्रमुख बिजय कुमार सरावगीले साईकल हस्तान्तरण गर्नुभयो ।
साईकल वितरण गरिसकेपछि नगर प्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर रहेकोले पछिल्लो समयमा बालिकाहरुलाई विद्यालयमा पहुँच सहज बनाउन महानगरपालिकाले पनि साईकल वितरण गरेको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सरावगी सहित वडाध्यक्ष ब्रहमदेव कुर्मी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया