logo

निर्वाचन सुरक्षामा ठूलो तयारी, सशस्त्र र नेपाल प्रहरीले डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्ने

 इसीमाना सम्वाददाता     २०८२ पौष १९ गते १२: ०१ मा प्रकाशित     75   पटक पढिएको

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना र खटनपटनका लागि मापदण्ड तयार गरेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको बैठकपछि मापदण्ड टुंगिएको हो।

 

गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार र सशस्त्र प्रहरीलाई १५ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने तयारी गरेको छ। अर्थ मन्त्रालयले दुवै निकायका लागि बजेट सुनिश्चित गरिसकेको छ।

 

मापदण्ड स्वीकृत भएपछि देशभर भर्ना प्रक्रिया सुरु गरिनेछ। भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिएर एक महिनाका लागि निर्वाचन सुरक्षामा खटाइनेछ। सेवासुविधा प्रहरी जवानसरह हुनेछ।

 

पूर्व सुरक्षाकर्मी र अघिल्ला निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिइने गृह मन्त्रालयले जनाएको छ। मतदानस्थल संख्या बढेकाले यसपटक निर्वाचन प्रहरीको संख्या पनि बढाइएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन सुरक्षामा ठूलो तयारी, सशस्त्र र नेपाल प्रहरीले डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्ने

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्ना र खटनपटनका लागि मापदण्ड तयार गरेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको बैठकपछि मापदण्ड टुंगिएको हो।

भारतीय नम्बर प्लेटको कार दुर्घटना, एकको मृत्यु, दुई घाइते

जनकपुरधाम । काठमाडौँबाट जनकपुरधाम आउँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.