logo

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

 इसीमाना सम्वाददाता     २०८२ पौष १९ गते ०५: ३७ मा प्रकाशित     360   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन । 

 

मानव सेवा आश्रम वीरगञ्ज शाखाको ८औँ वार्षिक उत्सव समारोहको  शुक्रबार वीरगंजमा उद्घाटन गर्नै मन्त्री पटेलले यस्तो बताएका हुन ।  

 

उनले मानवीय सेवा नै  सबैभन्दा ठुलो धर्म भएको बताए । मन्त्री पटेलले आश्रमले एक वर्षभरि सडक  मठ–मन्दिर र सार्वजनिक स्थलबाट उद्धार गरिएका असहाय व्यक्तिहरूको जीवनमा ल्याएको सकारात्मक परिवर्तनलाई स्मरण गरे । 

May be an image of dais and text that says '台分堂 मानवर MANAVS (बबकाता आआम ASHRAM आलाअभियाज) मागक्सेवा आशम मानवता प्रवर्द्ुग महाअमियान) प्र्सा वीरगज्ज शाखाको C ओ वार्षिकौत्सव समारोह तथा 3Ha. ၃၀၇-၃၀၁၃ प्रजति प्रतिवेदन तथा आर्शिक आय- ट्यय विवरण सार्वजनिक कार्यत्रम 戦洗 गळवतेवा मानवसेवा आश्म 3TTeCy'

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माण मानवताको मन्दिर भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

 “राज्यको सहयोग सीमित भए पनि मानव सेवा आश्रम जस्ता संस्थाहरू समाजसेवी र दाताहरूको करुणा र सहयोगले नै चलेका छन्,” उनले भावुक हुँदै भने।

 

आत्मीय र भावनात्मक वातावरणबीच सम्पन्न समारोह सेवाभाव, करुणा र मानवीय उत्तरदायित्वको सुन्दर सन्देश प्रतिध्वनित भएको थियो।

उक्त अवसरमा आश्रमले विगत एक वर्षभित्र सञ्चालन गरेका गतिविधि, दाता विवरण तथा आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो।


समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायत विशिष्ट व्यक्तित्वहरूले मानव सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको महत्त्वबारे आफ्ना धारणा राखेका थिए।

 

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका थिए। सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.