वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।
\
पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरी पर्सामा गत २७ गते सम्पनन भएको हो ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं ४ र ५ का वडा अध्यक्ष तथा वडा सदस्यहरू, बिओपी मिर्जापुर र बिओपी पकाहाँमैनपुरका बिओपीपति, प्रहरी चौकी खेस्राहाका चौकी प्रमुख, पत्रकार, सीमा सहजीकरण समिति लहावरथकरी–४ का सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
साथै कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका दक्ष प्रशिक्षकहरू, तालिममा सहभागी प्रशिक्षार्थीहरू तथा उक्त गुल्ममा कार्यरत जुनियर अधिकृत र विल्लादार जवानहरू समेत सहभागी थिए। कार्यक्रममा करिब ४५ देखि ५० जनाको सहभागिता रहेको बताइएको छ।
सात कार्यदिने उक्त “केश कर्तक तालिम” ले स्थानीय युवालाई सीपमूलक ज्ञान प्रदान गर्दै आत्मनिर्भरता र रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
उक्त जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हे।क्वा। पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले दिएका हुन्।
तपाईको प्रतिक्रिया