logo

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

 इसीमाना सम्वाददाता     २०८२ पौष २९ गते ०९: २४ मा प्रकाशित     654   पटक पढिएको

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतमको निरन्तर, जिम्मेवार र मूल्यनिष्ठ पत्रकारितालाई कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।

 

स्वर्गीय सुदर्शनराज पाण्डेको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। पाण्डे नेपाल पत्रकार महासंघ पर्साको स्थापनामा महत्वपूर्ण भूमीका खेल्ने मध्यका एक हुन ।

 

नेपाल  पत्रकार महासंघ पर्साको सचिवको भूमिकामा रहेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल पाण्डे पत्रकारिताका गुरु समेत थिए । 

 

यसैगरी, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार बाट वीरगन्जकी दुई महिला पत्रकारलाई सम्मानित गर्ने निर्णयसमेत गरिएको छ।

 

 महासंघ पर्सा शाखाका अनुसार पत्रकार माधुरी महतो लाई स्व.नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ र पत्रकार बिमला गुप्ता लाई स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको हो।

 

महिला पत्रकारिताको सशक्त उपस्थितिलाई उजागर गर्दै यी दुई पत्रकारलाई सम्मान गर्ने निर्णयले स्थानीय पत्रकारितामा महिलाको भूमिकालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाले विभिन्न स्मृति पुरस्कारमार्फत निष्पक्ष, निर्भीक र समाजप्रति उत्तरदायी पत्रकारितामा सक्रिय पत्रकारहरूलाई सम्मान गर्दै आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.