logo

पर्सामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि विशेष अनुगमन अधिकृत तोकिए

 इसीमाना सम्वाददाता     २०८२ माघ २५ गते ०३: ४८ मा प्रकाशित     334   पटक पढिएको

वीरगंज ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृतहरू खटाइएको छ।

 

जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको सूचनाअनुसार निर्वाचन ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ को प्रावधानअनुसार दुई जना जिम्मेवार अधिकृतलाई अनुगमन र उजुरी व्यवस्थापनको जिम्मा दिइएको हो।

 

निर्वाचन आचारसंहिता उल्लंघन भए वा हुनसक्ने गतिविधिमाथि निगरानी राख्ने र नागरिकबाट प्राप्त उजुरी संकलन गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्रहरी निरीक्षक मनोज कुमार जोशीलाई तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

 

आचारसंहिता विपरीत गतिविधि भएको देखिएमा इच्छुक नागरिकले निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ अनुसारको ढाँचामा सम्बन्धित अधिकृत समक्ष उजुरी दर्ता गराउन सक्ने कुरा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको हस्ताक्षरसहित सार्वजनिक सूचनामा उल्लेख छ ।

 

प्रशासनले निर्वाचन प्रक्रियालाई मर्यादित र विश्वासयोग्य बनाउन नागरिकको सक्रिय सहभागिता, सतर्कता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.