logo

ठोरी गाउँपालिकामा पतञ्जली योग तदर्थ समिति गठन, निःशुल्क योग शिविर सञ्चालन

 इसीमाना सम्वाददाता     २०८२ माघ २६ गते ०४: ०९ मा प्रकाशित     305   पटक पढिएको

वीरगञ्ज  । ठोरी गाउँपालिकामा योग, स्वास्थ्य र अनुशासित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पतञ्जली योगको गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ।

 

सोमबार आयोजित योग प्रशिक्षार्थीहरूको भेलाबाट फुर्वा लामाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। नवगठित समितिको उपसंयोजकमा सावित्री श्रेष्ठ, महासचिवमा नारायण श्रेष्ठ र कोषाध्यक्षमा माधव तिमल्सिना चयन हुनुभएको छ।

 

समितिमा सन्तोष बस्नेत, सरला श्रेष्ठ, फुलमति श्रेष्ठ, सोम दोङ, पार्वती तामाङ, राम श्रेष्ठ, गोपीलाल श्रेष्ठ, सुरेन्द्र लामा, सरिता बुढाथोकी, भूपाल दौल्याल, मिना लामा, विष्णुमाया तामाङ र रामकृष्ण पौडेल सदस्य रहेका छन ।

 

समितिको सल्लाहकारका रूपमा अशोक श्रेष्ठ र दलबहादुर स्याङ्बो रहेको  योग प्रशिक्षक तथा बिङ नेपाली वेलनेस धुम्बाराहीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।

 

 पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउँदै समाजमा स्वस्थ र अनुशासित जीवनशैली फैलाउने लक्ष्यका साथ समिति गठन गरिएको बताए ।

 

केन्द्रीय प्रभारी तथा मुख्य प्रशिक्षक मिश्र, केन्द्रीय समिति सदस्य लोकनाथ खनाल तथा योग प्रशिक्षकहरूको सहभागितामा ठोरीमा सप्ताहव्यापी निःशुल्क योग अभ्यास र योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।

 

आयोजक ठोरी गाउँपालिका वडा नम्बर–४ का अनुसार शिविर प्रत्येक दिन बिहान ५.३० देखि ७ बजेसम्म नियमित योग अभ्यास, बिहान ७ देखि ९ बजेसम्म प्रशिक्षक प्रशिक्षण, दिउँसो २ देखि ४ बजेसम्म एक्युप्रेसर प्रविधिबाट रोग उपचार तथा साँझ ५ देखि ६ बजेसम्म बौद्धिक सत्रका रूपमा सञ्चालन भइरहेको छ।

 

ठोरी–४ स्थित गाउँपालिकाको सभाकक्ष तथा ज्ञानज्योति माध्यमिक विद्यालय, घ्याङडाँडामा सञ्चालन भइरहेको यो कार्यक्रम माघ २८ गते समापन हुने आयोजकले जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.