logo

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

 इसीमाना सम्वाददाता     २०८२ फागुन २७ गते ०८: ४७ मा प्रकाशित     309   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

 

महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित उक्त प्लान्ट निर्माण गरिएको हो ।


महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको छ ।

 

 प्लान्ट सञ्चालनमा आएपछि वीरगंज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा रूपान्तरण गरिनेछ ।

 


महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो । हाल निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।


अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिकटन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्न सक्छ  । वीरगंज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०÷६५ टन फोहोर संकलन हुँदै आएको छ । संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइनेछ । 


गत असोज महिनामा वीरगंज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको हो ।

 

 उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।


प्लान्ट निर्माणको प्रगति बुझ्न महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली बुधबार निर्माण स्थल पुगेको थियो । टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो ।

 


निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ । त्यसपछि महानगरपालिकाले नै प्लान्ट सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति (टेक्निकल मेनपावर( को व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने छ ।

 


स्थलगत निरीक्षणका क्रममा महानगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताए  । उनका अनुसार यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ ।

 


उनले  फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने समस्याको रूपमा मात्र नभई स्रोतका रूपमा उपयोग गर्ने अवधारणातर्फ महानगर अघि बढिरहेको बताए  । 

 


डम्पिङ साइटमा निर्माण भइरहेको यो प्रशोधन प्लान्ट सञ्चालनमा आएपछि शहरभरिबाट संकलित फोहोरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ ।

 

प्रशोधनपछि ती सामग्री पुनःप्रयोगयोग्य बनाइने व्यवस्था मिलाइनेछ ।
महानगरपालिकाका अनुसार यो परियोजना कार्यान्वयनमा आएपछि यहाँको फोहोर व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार आउनेछ । 


सूर्य नेपाल प्रा।लि।का उद्योग प्रमुख सुरेश काजी महर्जनले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त परियोजनामा लगानी गरेको बताए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.