logo

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

 इसीमाना सम्वाददाता     २०८३ बैशाख १४ गते ०७: ४३ मा प्रकाशित     571   पटक पढिएको

 वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ । 

 


ईन्धनको निरन्तर मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा अस्वाभाविक र तीव्र मूल्य वृद्धि भइरहेको भन्दै मंचले आपत्ती जनाएको हो । 

 

कम आय भएका तथा मध्यम वर्गीय परिवारहरू अहिलेको महँगीबाट सबैभन्दा बढी प्रभावित भएको मंचको बिप्तिमा उल्लेख छ ।

 

बजार अनुगमन प्रभावकारी नभएको, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तथा मनपरी मूल्य निर्धारण जस्ता गतिविधि बढ्दै गएको भन्दै मञ्चले सरोकारवाला निकायलाई तत्काल कडा नियमन गर्न आग्रह गरेको छ।

 

मञ्चले सडक विस्तारको क्रममा घरधनी तथा व्यवसायीलाई समय नदिई संरचना हटाइएको विषयप्रति पनि असन्तुष्टि जनाएको छ।

 

 त्यस्तै, बजारमा कृत्रिम अभाव, महँगी र सिमानाकाको कडाइका कारण उपभोक्ताको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै नियामक निकाय र प्रशासनको मौनताले बजारमा अराजकता बढेको भन्दै ध्यानाकर्षण गराएको छ।

 

खसीको मासुको मूल्य १ हजार रुपैयाँबाट १२ सय रुपैयाँसम्म कसको सहमतिमा निर्धारण गरिएको हो भन्ने प्रश्न उठाउँदै मञ्चले व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै बिमती जनाएको छ ।  यस विषयमा नियामक निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

 

संघका केन्द्रीय सदस्य अजित भूजेलद्वारा जारी बिज्ञप्तिमा  बजारलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउन प्रशासन जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै मञ्चले तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्न माँग गरिएको छ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.