logo

विशाल मेमोरियल गोल्डकपको उपाधि त्रिभूवन आर्मीलाई

      4/29/2017 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

१६ बैशाख, वीरगञ्जमा जारी प्रथम टुब्रोग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधि नेपाल आर्मी क्लबले उचालेको छ । फाइनलमा आर्मीले सिएमजी क्लब संकटलाई २–० ले पराजित गरेको हो । नारायणी रंगशालामा शनिबार भएको फाइनलमा खेलमा आर्मीका लागि जर्सी नं. ३० का जर्ज प्रिन्स कार्कीले दोश्रो हाफको २२ औ र २५ औं मिनेटमा गोल गरेका थिए । उनी खेलका म्यान अफ द म्याच घोषित हुँदै नगद दश हजार हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट पनि आर्मीका जर्ज प्रिन्स कार्की नै घोषित भए ।

उनले एकथान सुजीकी मोटरसाइकल प्राप्त गरेका छन् । दुवै टोलीले आक्रमक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएको थिएन । कप्तान भरत खवासको नेतृत्वमा उत्रेको त्रिभूवन आर्मी क्लबले उपाधि सहित नगद पाँच लाख प्राप्त गरेको हो । उपविजेता संकटाले दुईलाख ५० हजार नगद सहित ट्रफी पुरस्कार मै चित्त बुझाउनु प¥यो । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्रको एपीएफ, वीगरञ्ज यूनाइटेड, नव जनजागृति यूवा क्लब सहित ८ टिमको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.