logo

विशाल मेमोरियल गोल्डकपको उपाधी जित्ने दुवै टोलीको दावी

      4/28/2017 गते 00 00 मा प्रकाशित     1865   पटक पढिएको

वीरगञ्ज, १५ बैशाख । विभागीय टोली नेपाल आर्मी र सिएमजी संकटा दुवै टोलीले वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी आफैले जित्ने दावी गरेका छन् । उपाधीका लागि हुने भिडन्तको अघिल्लो दिन शुक्रबार नारायणी रंगशालामा आयोजित स्पोर्ट कन्फरेन्समा दुवै टोलीका कोचहरुले त्यस्तो दावी गरेका हुन् । सिएमजी संकटाका कोच सल्यान खड्गीले संकटाका खेलाडीको मनोबल उच्च रहेकोले विशाल गोल्डकपको उपाधी जित्ने विश्वास व्यक्त गरे ।

हामीले विभागिय टोली आर्मीलाई पटक पटक फाईनलमा हराएका छौं । त्यसैले हाम्रा खेलाडीको मनोबल उच्च छ । उनले भने हामीले जित्छौं भन्ने विश्वास छ । अरु टिमको जस्तो उपाधी नजिक पुगेपछि खेलाडी परिवर्तन गरेर राष्टिय तथा अन्तराष्टिय खेलाडी नल्याएर भएकै खेलाडीलाई मौका दिने भएकोले संकटाका खेलाडीको मनोबल उच्च रहने गरेको दावी गरे । विगत एक वर्षमा देशभर भएका ५ वटा गोल्डकपमा आर्मी र संकटाले उपाधीका लागि भिडेका छन् त्यसमा ४ वटामा संकटाले जितेको छ । त्यस्तै आर्मीका कोच नविन न्यौपानेले पटक पटक हारेको चोटमा मल्हम लगाउने मौका विशाल गोल्डकप भएको बताए । संकटा बलियो प्रतिद्वन्दी हो, उसले हामीलाई पटक पटक हराएको पनि छ ।

 


न्यौपानेले अगाडी भने तिनै हारको बदला शनिबारको उपाधी भिडन्तमा लिनेछौं । आर्मीले सेमिफाईनलमा जस्तै फाईनलमा पनि आक्रमक खेल प्रस्तुत गर्ने न्यौपानेले बताए । रेफ्रिले रफ खेलाएको भन्ने गुनासो सुनिन्छ, तपाईहरु रेफ्रीको निर्णय विवादास्पद आयो भने के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा दुवै टोलीका कोचले फिफाका रेफ्रीहरु भएको त्यस्तो त्रुटी नहुने विश्वास व्यक्ति गरे । उनीहरुले खेलमा रेफ्रीकै निर्णय अन्तिम हुने भएकोले स्वीकार गर्ने समेत बताए । सो अवसरमा दुवै टोलीका प्रशिक्षकले चिसोमा खेल्ने खेलाडीहरु भएकोले वीरगंजको ४०।४२ डिग्रीको तापक्रममा खेल्दा गाह्रो हुने भएकोले समय समयमा ब्रेक दिनुपर्ने माग गरेका छन् ।

नारायणी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा खेलमा नवजागृति यूवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाईनलको यात्रा तय गरेको हो । भने सिएमजी संकटाले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० गोल अन्तरले पराजित गर्र्दै उपाधी दावेदार बनेको थियो । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक रोशन गुप्ताले वीरगञ्जको गौरवको रुपमा यो प्रतियोगिता सफल पार्न सहयोग गर्ने सुरक्षाकर्मी, समाजसेवी, युवा तथा स्वयंसेवकहरुलाई धन्यवाद दिए । फाईनल खेलका लागि सुरक्षा व्यवस्था मजबुत बनाउने उनले बताए ।

विशाल मेमोरियल फाउन्डेशनका अध्यक्ष रुपक पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सञ्चार संयोजक एवं पत्रकार पंकज श्रेष्ठले सहजीकरण गरे । उपाधी विजेताले नगद पाँच लाख र ट्रफी तथा उपविजेताले दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान सुजीकी मोटरसाइकल दिईने आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.