एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित
11/17/2017 गते 00 00 मा प्रकाशित
1518 पटक पढिएको
काठमडौँ, १ मंसिर । मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब दुई घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिलले शाहले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।
अफगानिस्तानको जीतमा सुरुवाती ब्याट्सम्यान रमानुल्लाह गुर्वाजले सर्वाधिक ७१, इक्रम अलीले १८, इब्राहिम अली खिलले १८ तथा दरबिस अब्दुल रसुल १२ रनमा अविजित रहे ।
नेपालका कमलसिंह ऐरी, पवन सर्राफ र सन्दिप लामिछानेले एक–एक विकेट लिए । फाइनलमा अफगानिस्तानले आइतबार पाकिस्तानको सामना गर्नेछ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया