logo

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

      1/6/2018 गते 00 00 मा प्रकाशित     1824   पटक पढिएको

बीरगंज २२ पुष ।
वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

 

  दोस्रो दिनको खेलमा आरबी केडिया स्कुललाइ ३ अंकले पराजित गर्दै गौतम माविले विजयी गरेको हो । निर्धारित २० मिनेटको खेलमा गौतम माविले ३० र डिएभी माविले २७ अंक प्राप्त गरेको थियो ।  

                           

खेलको म्यान अफ दी म्याच आरबी केडिया स्कुलका भेभहब सिंह घोषित भए । छात्र तर्फ नै शनिबार भएको अर्को खेलमा विद्या सदन मावि विजयी भएको छ । विद्या सदन माविले मुनलाइट माविलाई २४ अंकले हराएको हो । विद्या सदन माविले ३७ अंक प्राप्त गर्दा मुनलाइट माविलाइ भने १३ अंकमा नै चित्त बुझाउनु परयो  ।

 

उक्त खेलको म्यान अफ दी म्याच विद्या सदन माविका बरकत सागर चौधरी घोषित भए । यसैगरि छात्रा तर्फ शनिबार भएको खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले डिएभी माविलाइ २५ अंकले पराजित गरेको हो । निर्धारित ३० मिनेटको खेलमा कंचनजंघा माविले ६१ र डिएभी माविले ३६ अंक प्राप्त गरयो । छात्रा तर्फको खेलको म्यान अफ दी म्याच कंचनजंघा माविकी रिया गुप्ता घोषित भइन् ।

 

छात्र तर्फ नै शनिबार भएको अन्तिम खेलमा कंचनजंघा मावि विजयी भएको छ । कंचनजंघा माविले मिनिल्याण्ड माविलाई २८ अंकले हराएको हो । कंचनजंघा माविले ४५ अंक प्राप्त गर्दा मिनिल्याण्ड माविलाइ भने १७ अंकमा नै सिमित गर्न सफल रहयो । उक्त खेलको म्यान अफ दी म्याच कंचनजंघा माविका रितिक पटेल घोषित भए ।

 

आइतबार नै छात्रा तर्फ कादम्बरी एकडमी र वीरगंज पब्लिक मावि बिच खेल हुने त्यसैगरी छात्र तर्फ ४ वटा खेलमा विद्या सदन र वीरगंज पब्लिक मावि, मिनिल्याण्ड र मुनलाइट, जिएचपि मावि र डिएभि र अंतिम खेल गौतम मावि र कादम्बरी एकडमी बिच खेल हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिए । पुष २९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० वटा निजी विद्यालयका छात्र र छात्राको गरि १९ वटा टिमले भाग लिएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.