logo

सिमरा गोल्डकप -टाइव्रेकरमा जित निकाल्दै मोरङ्ग सेमिफाईनलमा 

      2/10/2018 गते 00 00 मा प्रकाशित     1763   पटक पढिएको

सिमरा, २७ माघ ।
आयोजक नवजनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

 


शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजक विरुद्ध टाईव्रेकरमा ४–१ को जीत निकाल्दै मोरङ्ग पहिलो सहभागितामै प्रतियोगिताको सेमी फाईनलमा पुग्न सफल भयो । 

 


टाईव्रेकरमा मोरङ्गका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नवजनजागृतीका विजय श्रेष्ठ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् ।

 

टाइव्रेकरमा आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोष्टको दिशा लिन नसक्दा घरेलु समर्थक निराश बने  । 

 


निर्धारित ९० मिनटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल टाईव्रेकरमा धकेलीएको हो । समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईव्रेकरबाट नतिजा निकालिएको हो । 
यसअघि खेलको ६६ औं मिनटमा नवजनजागृतीका विजय श्रेष्ठ र ७५ औं मिनटमा मोरङ्गका भुवन बस्नेतले एक एक गोल गरेका थिए । 

 


खेलको म्यान अफ दि म्याच नवजनजागृतीका सुरजसिंह ठकुरी घोषित भए । आइतबार  नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब विच दोश्रो क्वाटर फाईनल खेल हुनेछ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.