logo

सिमरा गोल्डकप - थ्रिस्टारको संघर्षपूर्ण जित

      2/12/2018 गते 00 00 मा प्रकाशित     1782   पटक पढिएको

सिमरा, २९ माघ ।
टाईव्रेकरमा ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रंतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । 


सुदुरपस्चिम ११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्रिस्टारले टाईव्रेकर सम्म संघर्ष गर्नुप¥यो । 


टाईव्रेकरमा थ्रिस्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे । सुदुरपस्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गर्दा जीवन चौधरीको प्रहार थ्रिस्टारका गोल रक्षक एलन न्यौपानेले बचाउ गरे । सुदुर पस्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो । 


खेलको पहिलो हाफमा १–० ले पछि परेको सुदुरपस्चिमले खेलको ८७ औं मिनटमा गोल गर्दै थ्रिस्टारलाई बराबरीमा रोकेपनि टाईव्रेकर फलदायक नवन्दा पहिलो सहभागितामै सिमरा गोल्डकपको सेमिफाईनल पुग्ने अवसर गुमायो । 
यसअघि खेलको पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्रिस्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए । 


पहिलो हाफमा आकर्षक अवसर बनाउन नसकेको सुदुरपस्चिमले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । दोश्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदुरपश्चिमले थुप्रै अवसर सिर्जना गरेपनि बराबरी गोल फर्काउन अन्तिम सम्म संघर्ष ग¥यो । 
खेलको ८७ औं मिनटमा मणिराम चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । 


खेलको म्यान अफ दि म्याच थ्रिस्टारका गोल रक्षक एलन न्यौपाने घोषित भए । 

 

प्रतियोगिताको अन्तिम क्वाटर फाईनलमा सोमबार साविक विजेता सिएमजी संकटा क्लब र वीरगञ्ज यूनाईटेड क्लब विच खेल हुने प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेले जानकारी दिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.