वीरगन्ज, १६ माघ । नेपाल बुद्धिचाल संघको केन्द्रीय वैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले संघको सातौं वार्षिक साधारण सभा तथा अधिवेशन यहि आउँदो चैत २८ र २९ गते पर्सा जिल्लामा गर्ने निर्णय गरेको छ ।
यता आज माघ १६ गते संघको बागमती प्रदेशको पहिलो अधिवेशन तथा भेला सम्मपन्न भएको छ । ज्ञान कृष्ण प्रजापतिको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो। सम्पन्न अधिवेसनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विदुर गौतम, महासचिव हेराकाजी महर्जन, लगायतको उपस्थिती रहेको संघका केन्द्रीय सदस्य राम किशोर सिंह ९पराग०ले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया