logo

जीपी कोईराला प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा

      1/31/2020 गते 00 00 मा प्रकाशित     1696   पटक पढिएको

वीरगन्ज, १७ माघ । वीरगन्जमा शनिबारदेखि हुने प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनले प्रदेशस्तरीय प्रथम नकआउट पूmटबल प्रतियोगिताको तयारी पूरा भएको र  भोली उदघाटन हुने जानकारी दिनुभयो ।

“स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ युवाहरुको शारिरिक, मानसिक, सामाजिक र बोद्धिक विकासको साथै खेलकुदको प्रवद्र्धनका लागि पनि प्रतियोगिताका आयोजना गरिएको जानकारी दिनुभयो । भोलीको औपचारिक कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष मोम्मद सहाबुद्दीन, सदस्यहरु मनोज कुर्मी, बाबुनन्द प्रसाद, रवि कुमार चौरसिया, संतोष सिंह, एन्फाका रेफ्रि गजेन्द्रमान सिंह, जिल्ला पूmटबल संघका सचिव दिपक साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सरोज चौरसियाले गर्नुभएको थियो । प्रतियोगिताको समापन समारोहमा भने प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले एकलाख ५१ हजार र उपविजेताले ७५ हजार नगद सहित मेडलहरु पाउने फाउण्डेशनका सचिव सरोज चौरसियाले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याचको लागि पुरस्कारको व्यावस्था रहेको चौरसियाले बताउनुभयो ।

प्रतियोगितामा प्रदेश नम्बर २ का आठ वटा जिल्लाका पूmटबल संघहरुको सहभागिता रहने छ । समूह ‘क’ मा पर्सा, बारा, धनुषा र सिराहा रहेका छन् । समूह ‘ख’ मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी रहेका छन् । यसैबीच भोलीको उदघाटन खेल समूह ‘क’ को पर्सा जिल्ला पूmटबल संघ र धनुषा जिल्ला पूmटबल संघबीच हुनेछ ।     

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.