logo

जीपी फाउण्डेशन कप फूटबलमा धनुषाको विजयी सुरुवात  

क्रिकेटमा केआईइसी र सिंह ११ लायन्स विजयी  

      2/1/2020 गते 00 00 मा प्रकाशित     1521   पटक पढिएको

वीरगन्ज, १९ माघ । वीरगन्जमा शनिबारदेखि शुरु भएको जी.पी. कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा पूmटबल संघलाई पराजित गरी धनुषा पूmटबल संघ विजयी भएको हो ।

धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो । खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीश श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी सुटआउटमा धनुषा ४–२ ले विजयी भएको हो । पर्साका खेलाडीले पाएको पहिलो पेनाल्टीमा जर्सी नम्बर ४ का आशिष ताम्राकार र जर्सी नम्बर १० का सुनिल गुरुङले गोल गर्न चुकेपछि खेलको नतिजा धनुषाको पक्षमा गएको हो ।

यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा कार्यक्रम भएको हो । आईतबार महोत्तरी फुटबल संघ र रौतहट पूmटबल संघबीच खेल हुनेछ । 

क्रिकेटमा केआईइसी र सिंह ११ लायन्स विजयी  

वीरगन्जमा जारी वीरगन्ज प्रिमियर टि–ट्वाण्टी क्रिकेट प्रतियोगितामा सिंह–११ लायन्स वीरगन्ज र केआईइसी वीरगन्ज विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा भएको खेलमा सिंह–११ लायन्सले रौतहट राईनोजलाई ७ विकेटले पराजित गरेको हो ।

रौतहट राईनोजले दिएको ९३ रनको लक्ष्य तीन विकेटकै क्षतिमा पूरा गरेपछि खेल सिंह ११ लायन्सले जितेको हो । त्यस्तै शनिबार नै भएको अर्को खेलमा केआइइसी वीरगन्ज ५ विकेटले विजयी भएको छ । वीरगन्ज स्टारले बनाएको ९६ रनको योगफल केआईइसीले ५ विकेटको नोक्सानीमा पूरा गरेर भेट्टाएको हो ।

वीरगन्ज स्टार र केआईइसीबीचको खेलको म्यान अफ दी म्याच आदिल अन्सारी भएका छन् ।
सिंह–११ र रौतहट राईनोजबीच भएको खेलमा ३ विकेट र ३४ रन बनाएको महबुब आलम म्यान अफ द म्याच घोषित भएका छन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.