बढनिहार १४ फाल्गुण ।
पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ ।
आयोजक पर्साका गढी युवा क्लब र मकवापुर फूटवल एकेडेमी वीच भएको रोमाञ्चक खेललाई वर्षाले समेत बिथोल्न सकेन । मैदानमा खेलाडी बल गोलपोष्टमा पु¥याउने रणनीतिका साथ खेलीरहे दर्शले पानीको पर्वाह नगरि खेलाडीलाई हौस्याई रहे । खेलको अन्तिम सम्म दुबै टिमबाट गोल भएन ।
त्यस पछि ट्राईबेकरमा निर्णय लिने एम्पाएरले निर्णय लिए तर पहिलो पाँच गोलको ट्राईबेकरमा समेत निर्णय भएन । त्यस पछिको तीन गोलको ट्राईबेकरको अन्तिम बलमा हेटौडाले गोल गरेपछि सातका बिरुद्ध आठ गोल गरेर हेटौडाले उपाधी चुमेको हो ।
थम हुने टिमलाई नगद एकलाख एक सय एकाउन रूपैया ट्रफिशिल्ड मेडल प्रमण पत्र ले समाजबादी पार्टाीका जिल्ला अध्यक्ष रामनरेश यादबले सम्मानीत गर्नु भयो ।
दोस्रो हुने आयोजक टिमलाई जिल्ला सचिव तबरेज आलमले पचास हजार एकसय एकाउन नगद ,शिल्ड मेडल प्रमण पत्रले सम्मानित गर्नु भयो ।
भने खेलको बेष्ट किपर ,मिडेन ,डिफेनडर ,फरवाड ,कोच लाई ट्रफिले सम्मानित गरीएको थियो ,मैन अफ द म्याच लाई साईकल पुरस्कार प्रदान गरिएको थियो ।
फाइनखेलको समापन समारोहमा प्रदेश सरकारका भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलले खेल स्पिरिटका आधारमा बिकासको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले खेल जित्नकालागि सामुहिक भावना ,अनुशासन गतिशिलता ,रणनीतिक तरिका जति प्रयोग हुन्छ त्यती कुरा बिकासकालागि पनि आवश्यक रहेको बताउनु भयो ।
उहाँले दुर दराजका क्षेत्रहरुमा रहेका खेल प्रतिभालाई उजागर गर्न र खेलका माध्यमले देशलाई अन्तराष्ट्रसम्म चिनाउने प्रतिभाको खेजीमा यस्ता आयोजनाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले खेलको बिकास र खेलाडीको सम्मानकालागि प्रदेश सरकारले कुनै कसर बाँक निराख्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमद नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वाडा अध्यक्ष उदब बहादुर उप्रेती ,नेकपा नगर अध्यक्ष गोकर्ण पाठक ,समाजबादी पार्टीका नगर अध्यक्ष शेख खुर्सेद ,मिरमिरे युवा कलबका अध्यक्ष शुरज मानन्धर ,लगाएतको सहभागिता रहेको थियो । यम बहादुर थापको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजिकरण योगेन्द्र प्र चौधरोले गर्नुभएको थिए भने स्वागत मनतब्य टेक बहादुर क्षेत्रीले गर्नुभएको आयोजक टिमका सचिव हरि थापाले जनकारी दिनु भयो।
तपाईको प्रतिक्रिया