logo

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

      2/26/2020 गते 00 00 मा प्रकाशित     2479   पटक पढिएको

बढनिहार १४ फाल्गुण ।
पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ ।

आयोजक पर्साका गढी युवा क्लब र मकवापुर फूटवल एकेडेमी वीच भएको रोमाञ्चक खेललाई वर्षाले समेत बिथोल्न सकेन । मैदानमा खेलाडी बल गोलपोष्टमा पु¥याउने रणनीतिका साथ खेलीरहे दर्शले पानीको पर्वाह नगरि खेलाडीलाई हौस्याई रहे । खेलको अन्तिम सम्म दुबै टिमबाट गोल भएन ।

त्यस पछि ट्राईबेकरमा निर्णय लिने एम्पाएरले निर्णय लिए तर पहिलो पाँच गोलको ट्राईबेकरमा समेत निर्णय भएन । त्यस पछिको तीन गोलको ट्राईबेकरको अन्तिम बलमा हेटौडाले गोल गरेपछि सातका बिरुद्ध आठ गोल गरेर हेटौडाले उपाधी चुमेको हो ।

थम हुने टिमलाई नगद एकलाख एक सय एकाउन रूपैया ट्रफिशिल्ड मेडल प्रमण पत्र ले समाजबादी पार्टाीका  जिल्ला अध्यक्ष रामनरेश यादबले सम्मानीत गर्नु भयो ।  

दोस्रो हुने आयोजक टिमलाई जिल्ला सचिव तबरेज आलमले पचास हजार एकसय एकाउन नगद ,शिल्ड  मेडल प्रमण पत्रले सम्मानित गर्नु भयो ।  

भने खेलको बेष्ट  किपर ,मिडेन ,डिफेनडर ,फरवाड ,कोच लाई ट्रफिले सम्मानित गरीएको थियो  ,मैन अफ द म्याच लाई साईकल पुरस्कार प्रदान गरिएको थियो ।

 

फाइनखेलको समापन समारोहमा प्रदेश सरकारका  भौतिक पुर्वधार मन्त्री जितेन्द्र सोनलले खेल स्पिरिटका आधारमा बिकासको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।

उहाँले खेल जित्नकालागि सामुहिक भावना ,अनुशासन गतिशिलता ,रणनीतिक तरिका जति प्रयोग हुन्छ त्यती कुरा बिकासकालागि पनि आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुर दराजका क्षेत्रहरुमा रहेका खेल प्रतिभालाई उजागर गर्न र खेलका माध्यमले देशलाई अन्तराष्ट्रसम्म चिनाउने प्रतिभाको खेजीमा यस्ता आयोजनाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले खेलको बिकास र खेलाडीको सम्मानकालागि प्रदेश सरकारले कुनै कसर बाँक निराख्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तवरेज अहमद नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।  

 

कार्यक्रममा वाडा अध्यक्ष उदब बहादुर उप्रेती ,नेकपा नगर अध्यक्ष गोकर्ण पाठक ,समाजबादी पार्टीका नगर अध्यक्ष शेख खुर्सेद ,मिरमिरे युवा कलबका अध्यक्ष शुरज मानन्धर ,लगाएतको सहभागिता रहेको थियो । यम बहादुर थापको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजिकरण योगेन्द्र प्र चौधरोले गर्नुभएको थिए भने स्वागत मनतब्य टेक बहादुर क्षेत्रीले गर्नुभएको आयोजक टिमका सचिव हरि थापाले जनकारी दिनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.