logo

बाग्मतीलाई पन्छाउदै एपीएफ फाईनलमा

 इसीमाना सम्बाददाता     २०७८ चैत १८ गते १२: ३२ मा प्रकाशित     1030   पटक पढिएको

विभागिय टिम नेपाल एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा सर्लाहीको बाग्मती युवा क्लबाई ४ १ ले पन्छाउदै एपीएफ फाईनलमा प्रवेश गरेको छ ।


एपीएफले अब उपाधीका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिवार खेल्नेछ । आयोजकलाई ३ २ ले पराजित गर्दै एनआरटी यसअघिनै प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । फाईनल यात्रा तय गर्ने क्रममा एपीएफका लागि अर्माण्ड बेडमले दुई गोल गरे भने सविन गुरुङ र प्रदीप लामाले एकएक गोल गरे । बाग्मतीका लागि भने अनिल राना मगरले गोल फर्काए ।


बाग्मतीमाथी सहज जित हात पार्ने क्रममा एपीएफले खेलको १२औं मिनेटमा सविन गु?»को गोलबाट अग्रता लिएको थियो । डिबक्स भित्र पाएको बललाई सविनले गोल गरेका थिए । बाग्मतीको रक्षापंक्ती सम्हालिन नसक्दा सविनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।


बिएफसी चितवनलाई २ १ र साविक बिजेता संकटा क्लबलाई १ ० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको बाग्मतीलाई उपाधी दावेदारका रुपमा हेरिएको थियो । तर महत्वपूर्ण सेमिफाईनल खेलमा ए डिभिजनको विभागिय टिम एपीएफसंग आकर्षक खेल प्रदर्शन गर्न नसकेपछि बाग्मती अन्तिम चारबाटै घर फर्कन बाध्य भएको हो ।


खेलको सु?वातमै अग्रता लिएको एपीएफले खेलको १६औं मिनेटमा दोस्रो गोल गरेको थियो । अर्माण्ड बेडमले एपीएफका लागि गोल गर्दै खेल २ ० को स्थितीमा पु¥याएका थिए । अघिल्ला दुई खेलमा आकर्षक खेल प्रदर्शन गर्दै घरेलु दर्शकको मन जितेको बाग्मतीले एपीएफवि?द्ध राम्रो सु?वात गर्न सकेन् ।
सु?वातदेखीनै तालमेलको खोजीमा रहेको बाग्मतीवि?द्ध एपीएफले दवाव कायम राख्दै स्कोर निकालेको थियो । एपीएफवि?द्ध दुई गोलले पछि परेपछि दवावमा देखिएको बाग्मतीले खेलको ३६औं मिनेटमा गोल गर्न अवसर गुमाएको थियो ।

 

बाग्मतीका कोएरा फ्लोरेन्टले मिलाएको पासलाई सदुपयोग गर्न दीपेश चाम्लि राई चुके । डिबक्स भित्र पाएको उत्कृष्ट अवसर सदुपयोग गर्न दीपेश असफल देखिए । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो ।


त्यसलगत्तै बनाएको अर्को अवसरमा भने बाग्मती सफल भयो । अनिल राना मगरले उत्कृष्ट गोल गर्दै बाग्मतीलाई खेलमा फर्काउने प्रयास गरे । उनको प्रहारलाई नियन्त्रणमा लिन एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए् ।


हिमालयन शेर्पाविरुद्ध ३ २ को जित निकाल्दै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफको ईन्जुरी समयमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेन् । बाग्मतीबाट खेलेका थ्रिस्टारका गोलरक्षक प्रिसोले बिके तामा»लाई लडाएपछि रेफ्री प्रकाशननाथ श्रेष्ठले एपीएफलाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा एपीएफका आभाष लामिछाने गोल गर्न चुके । उनको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे ।


पेनाल्टीमार्फत अग्रता बढाउने अवसर गुमाएको एपीएफले खेलको ७९औं मिनेटमा तेस्रो गोल थपेको थियो । अर्माण्ड बेडमले उत्कृष्ट हेडमार्फत गोल गर्दै एपीएफलाई ३ १ को स्थितीमा पु¥याएका हुन् । टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका अर्माण्डको हेडर प्रशंसा गर्न लायक थियो । जारी प्रतियोगितामा बेडमको यो तेस्रो गोल हो । बेडमले यसअघि शेर्पावि?द्ध पनि एक गोल गरेका थिए ।


दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि फिनिसि»मा चुकेको बाग्मतीले खेलको ८३औं मिनेटमा चौथो गोल खान पुग्यो । एपीएफका प्रदीप लामाले डिबक्स भित्र प्राप्त बललाई गोलमा परिणत गरे । उनको प्रहारलाई बाग्मतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।


खेलको अन्तिम समयमा लगातार दुई गोल खाएपछि दवावमा परेको बाग्मतीले अन्ततः ४१ पराजय आत्मसाथ गर्न बाध्य भयो । एपीएफको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।


एपीएफ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाईनलमा प्रवेश गरेको एपीएफ हिमालय शेर्पासंग पराजित हुँदा उपविजेता बनेको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

दशैंअघि नै पर्सामा पुर्जा वितरण, भूमि समस्या समाधान आयोगको तयारी तीव्र

वीरगञ्ज ।  भूमि समस्या समाधान आयोगले दशैंअघि नै पर्सा जिल्लाका भूमिहीन तथा दलित समुदायलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ।

वीरगंजका शिक्षण संस्था १७ गते सम्मकालागि बिदा,सरसफाईका मापदण्डहरु परिपालन गर्न महाशाखाको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले फेरी पनि भदौ १७ गते  सम्मकालागि वीरगंजका सामुदायिक एवं संस्थागत बिद्यालयको बिदा बढाएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.