logo

जीतपुरसिमरा गोल्डकपको उपाधी एनआरटीलाई

 इसीमाना सम्बाददाता      २०७८ चैत २० गते ०७: ५५ मा प्रकाशित     1429   पटक पढिएको


जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिमलाई ५ /० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।


एनआरटीलाई उपाधी दिलाउने क्रममा लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई=दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे । एनआरटीका लागि यो उपाधी सिजनकै पहिलो हो । यो उपाधी उचालेसंगै एनआरटीले जीतपुरसिमरा गोल्डकप बिजेताको सूचिमा आफूलाई पनि उभ्याउन सफल भएको छ ।


प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो । पहिलो हाफमा थपिएको दुई मिनेट ईन्जुरी समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दीपेश धिमालले बिशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका थिए ।


डिबक्स बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए । एक गोलको अग्रतासंगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टिमका लागि दोस्रो गोल गरे ।


दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवात देखि आक्रामक खेल खेलेपनि फिनिसि»मा चुकेको थियो । एपीएफ फिनिसि»मा चुक्दा एनआरटी खेलमा हावी हुदै गएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समिरले गोल गर्दै खेल ३/० को स्थितमा पु¥याएका थिए ।


करिब १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाचौं गोल गरे ।


एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९औं मिनेटमा पाचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए । समिरको गोलसंगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।


प्रतियोगिताको बिजेता एनआरटीले १० लाख र ट्रफि प्राप्त ग¥यो भने उपविजेता बनेको एपीएफले पाँच लाख हात पारेको छ । विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कार वितरण गरेका थिए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए । प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधी एपीएफका राजन गुरु»ले प्राप्त गरे भने प्रतियोगिता अवधीभरी ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।


प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधी बिजय युथ क्लब हटौडाले प्राप्त गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.