logo

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

 इसीमाना सम्वाददाता     २०७९ चैत ९ गते ०७: १५ मा प्रकाशित     591   पटक पढिएको

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

 

यो शाखा मधेश प्रदेशके पहिलो शाखा हो । यस पछि आउने असरामा जनकपुरमा अर्को शाखा संचालनमा आउने छ ।

शाखाको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले आजै एक कार्यक्रम बीच हिन्दू धर्म संस्कृति अनुसार पूजा गर्दै स्टोरको उदघाटन गरेका छन् ।

पर्सा, बारा, रौतहट र मधेश प्रदेशका अन्य जिल्लासँगै सीमावर्ती भारतीय शहरका उपभोक्तालाई सेवा दिने अध्यक्ष गुरुङको भनाई छ ।

भाटभटेनीले सबै खालका क्रयशक्ति भएका ग्राहकलाई सेवा दिनेछ । गुरुङले ब्यपार पनि सेवाभाले अभिप्रेरित रहेको बताए । गरुङले
स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्ने र त्यसले उद्यमशीलातको बिकास हुने बिश्वास ब्यक्त गरे ।


२ बिघा २ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित सुपर मार्केट स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको छ भने सुपर मार्केट भवन ७ तल्ले छ । भाटभटेनीको अहिले सम्म संचालनमा आएको योमार्केट सबैभन्दा ठुलो हो ।

 

भाटभटेनीमा राखिएका उपभोग्य बस्तु तथा अन्य समान महंगो हुने आकंलन गरिए पनि ब्यवहारमा त्यस्तो नभएको अवलोकनकर्ता भनाई रहेको छ । बिहिवार मात्रै रक्सौलमा बिभिन्न सामाग्री खरिद गरि फर्किएका पत्रकार महेशचन्द्र गौतमले रक्सौलमा भन्दा भाटभटेनीमा कतिपय समान सस्तो रहेको बताए ।

उनले रक्सौलमा ६४ रुपैया किलो चीनी ल्याएका थिए तर भाटभटेनीमा त्यही चीनी ६२ रुपैया किलो बिक्री बितरण भएको थियो ।

लालकिल्ला चामल नेपाली १ सय ६० मा खरिद गरेका गौतमले भाटभटेनीमा त्यो भन्दा सस्तोमा बिझी भइरहेको बताए । उनले भने रक्सौल भन्दा यही सस्तो पो रहेछ ।


सुपर मार्केटले उपभोक्ताको उपभोग कल्चरमा परिर्वतन ल्याउने आम बिश्वास गरिएको छ । भाटभटेनी सुपर मार्केटमा हजारौको सहभागिता रहयो। त्यहा पुग्ने सबैले भाटभटेनी खुलेकोमा खुशी ब्यक्त मात्र गरेका छैनन वीरगंजे गर्व गर्न पाउने संरचना निर्माण भएको बताए ।

 

बरिष्ठ अधिवक्ता दिपकराज भण्डारीले यती धेरै मानिसको सहभागिता वीरगंजका कुनै पनि कार्यक्रममा आज भन्दा अघि आफूले महशुस नगरेको बताए ।

उपभोक्तालाई मार्केट सम्म ल्याउन जुन ब्यवस्थापकीय क्षमताको प्रर्दशन भयो त्यो निकै तारिफे काविल रहेको उनको भनाई छ ।

मार्केटले यस क्षेत्रका सबै नागरिकलाई नामै उल्लेख गरेर निमन्त्रणा पठाएको थियो । अधिवक्ता भण्डारीले वीरगंजका आधारभूत क्षेत्रका मानिसलाई मार्केट सम्म ल्याउन सकेकोले मार्केटले उपभोक्ताको उपभोग कल्चरमा परिर्वतन ल्याउने बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख अवधेश झाले सुपर मार्केटलाई वीरगंजको गौरव मान्नु पर्ने बताए । उनले भने “दिेशको झल्को मेटने एउट ठाउँ वीगंजमा पनि बन्यो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.