logo

नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमितिको अध्यक्षमा प्रधान सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८० असार २४ गते १०: ०६ मा प्रकाशित     752   पटक पढिएको

वीरगंज । नेपाल डोरी तान सघको पर्सा जिल्ला कार्यसमिति निर्माण भएको छ । डोरी तान खेलसंग सम्बन्धित ब्यक्तिहरुको आइतवार वीरगंजमा भएको भेलाले पुरन प्रधानको अध्यक्षतामा नेपाल डोरी तान संघको पर्सा जिल्ला कार्य समिति गठन गरेको छ ।

 


संघका केन्द्रीय सदस्य अन्जना पन्त कडरियाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रधानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।


समितिको उपाध्यक्षमा आलोक चौरसिया, सचिवमा राहुल श्रीवास्तव कोषाध्यक्षमा सरोज चौधरी र सदस्यहरुमा छेदुप लामा,शिव गुप्ता,सन्नी पाख्रीन, श्रीमती मनिषा सुनुवार र सुरजबाबु पटेल रहेका छन ।

 

समितिको सल्लाहकारमा पत्रकार के.सी.लामिछाने र नेपाल खेलकुद महासंघ पर्साका अध्यक्ष मनोज साहलाई चयन गरिएको छ ।


भेलामा संघका प्रदेश अध्यक्ष प्रभू नारायण शिवाकोटीले डोरी तान संघको इतिहास आहिलेको अवस्था राष्ट्रिय तथ अन्राष्ट्रिय स्तरमा यो खेल र यस प्रतिको आकर्षणको बारेमा प्रकाश पारेका थिए ।

 

राष्ट्रिय खेलकुद परिषद अन्र्तगतको डोरी तान संघले निकट भविष्यमा मधेश प्रदेशमा बिभिन्न स्थानमा प्रतियोगिता र निर्णायकका बारेमा प्रशिक्षणको आयोजना गर्न लागेको शिवाकोटीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.