logo

सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारको भुमिका  महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

      12/5/2020 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।

 

हेटौडा भेट्रान र बीरगंज युथ एकेडेमीको बीचमा सम्पन्न खेलमा हेटौंडाले १ का बिरुद्ध ३ गोल गरी जीत हासिल गरेको हो । कार्यक्रममा प्रथम हुने समूहलाई ३० हजार र दोश्रोलाई २० हजार सहित सशल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

कार्यक्रमका  पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले खेल क्षेत्रमा ध्यान पूराउनुपर्ने कुरामा जोड दिनुभयो ।

 

उहांले सरकारले स्थानीय तहका लागि १ अरव ५० करोड बजेट छुट्याइएको उल्लेख गर्दै सरकारले छुट्याएको बजेटलाई खेलक्षेत्रमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो उहाँले स्थानीय तहले खेल क्षेत्रको विकासको लागि छुट्टाइएको बजेटलाई विकास निर्माणमा खर्च गर्न नहुने कुरा उल्लेख गर्दै त्यस्तो गरिएको भए युवा तथा खेलाडीहरुले खबरदारी गर्नुपर्ने बताउनु भयो ।

 

पूर्वमन्त्री पौडेलले एउटा भेट्रानखेल सञ्चालन गर्न २ लाख लागेको आफूले जानकारी पाएको उल्लेख गर्दै इच्छाशक्ति भए प्रतियोगिता संचालन गर्न र खेलाडीहरूको प्रबर्द्धनकालागि कुनै समस्या नहुने  जिकिर गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले प्रदेश सरकाले खेल क्षेत्रमा ध्यान नदिएको उल्लेख गर्दै आफुले सधै खबरदारी गरिरहेको र आफ्नो तर्फबाट पूर्ण सहयोग हुने जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपा बाराका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकाकार समितिका संयोजक मनोज पौडेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष शंकर कुमार विष्ट, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे नेकपाका प्रतिनिधि रबिन्द्र खकुरेल लगायतले विजयी  प्रतियोगीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

मूल आयोजक समितिका संयोजक सोमलाल बोम्जनको सभापतित्वमा र अनिस अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रमको स्वागत बिशाल घिमिरेले गर्नुभएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.