logo

प्रदेश नं. २ मा एमालेको मतपरिणाम, कमजोर लागे पनि यसकारण राम्रो

      9/22/2017 गते 00 00 मा प्रकाशित     1772   पटक पढिएको

के.सी.लामिछाने 

पर्सा, असोज ७ – प्रदेश नं २ को स्थानीय तहको परिणामले सबैभन्दा बढी नेकपा एमालेलाई हैरानीमा पारेको छ । चुनावअघि नेताहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो प्रदेश २ मा पनि एमालेले राम्रै नतिजा ल्याउला । एमालेको नेतृत्व पंक्तिले आफ्नो आत्मगत अवस्थाको मूल्यांकन गरेरै यस्तो भनेको थियो कि नागरिकको मनोवैज्ञानिक रुपमा मन जित्नको लागि “पोलिटिकल स्टन्ट” अन्तर्गत यस्तो उदघोष गरेको थियो भन्ने बेग्लै कुरा हो ।

तर नेतृत्व प्रति अगाध आस्था राख्ने आम कार्यकर्तामा नेतृत्वको यो अभिव्यक्ति र दावीले उत्साहको संचार गराएको थियो । परिणाममा आइपुग्दा त्यो उत्साहले काम गरेन, जसले गर्दा आधारभूत तहको एमाले पंक्तिलाई नेतृत्वको यो शैली पनि फिटिक्कै मन परेको छैन । काम नगर्ने गफ मात्रै गर्ने प्रवृति खास गरेर जिल्ला र प्रदेशसहितको नेतृत्वमा छ भन्ने कुरा कार्यकर्ताको तहमा स्थापित भएको छ । चुनावी परिणामले यो कुरालाई झनै बल पुर्‍याएको छ । 

एमालेको पक्षमा जस्तो परिणाम आएको छ, त्यसले एमालेको आधारभूत तहको कार्यकर्ता पंक्तिलाई चिन्तित बनाएको छ । उनीहरुमा निराशा पनि छ । तर निराशालाई उत्साहमा रुपान्तरण गर्न सक्ने नेतृत्वको आवश्यकता यतिवेला महशुस भएको महत्वपूर्ण पक्ष हो ।

प्रदेश न २ मा एमालेले अपेक्षाकृत राम्रो परिणाम ल्याउन सकेन, तर जुन परिणाम आएको छ, त्यो एमालेका लागि आफैमा महत्वपूर्ण पनि छ । अरु प्रदेशमा एमालेले जस्तो परिणाम ल्याएको थियो, त्यही हाराहारीको प्रदर्शन प्रदेश नं २ मा हुने सकेन वा गर्न सकेन भन्ने साँचो हो । यसका पछाडि केही कारण छन । ति कारणको बारेमा सुक्ष्म बिश्लेषण नगरी एमालेको सन्दर्भमा टिप्पणी गरिहाल्नु पनि न्यायिक नहुन सक्छ । तर एमालेको लागि प्रदेश नम्बर २ को भूगोलमा मनोबिज्ञान जति प्रतिकूल थियो, त्यस्तो अवस्थामा एमालेले प्राप्त गरेको परिणाम कमजोर हैन । 

कुनै राजनीतिक शक्तिका बिरुद्ध मधेशको सांस्कृतिक बजा ढोल तासा बजाएर लखेट्ने निर्णय भएको थियो भने त्यो एमालेका बिरुद्ध भएको थियो । आफ्ना बैठक र सामान्य सांगठनिक गतिविधि समेत गर्न नपाउने वतावरणको निर्माण यदि कुनै राजनीतिक दलका निम्ति भएको थियो भने त्यो एमालेका लागि नै थियो । प्रजातान्त्रिक संस्कार र आचारणको पालना गर्ने प्रतिवद्धता जनाउने नेताहको आम अपील थियो “एमाले मुक्त मधेश”, तर आज परिणामले एमाले मुक्त बनाउने अपीललाई नागरिकले अस्वीकार गरिदिए । 

नेतृत्वले सोचेजस्तो परिणाम किन आएन ?

कारण नं. १ ः

२०७२ को साउन ३२ देखि तेश्रो चरणको चुनावमा राजपाले सहभागिता जनाउने निर्णय नगर्दाको दिनसम्म प्रदेश नं. २ मा एमालेको सांगठनिक गतिविधि शून्य थियो भन्दा अन्यथा नहोला । संविधान बिरोधी आन्दोलनको प्रारम्भमा नेकपा एमालेको स्थानीय स्तरको नेतृत्व नै अन्यौलमा रह्यो । आन्दोलन ठीकै हो भन्ने मनोबिज्ञानले कतिपय स्थानीय नेतृत्व नै ग्रसित भयो । 

नेकपा एमालेका मधेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको स्वर पार्टी भित्र र नागरिकको बिचमा कस्तो उठ्यो भन्ने कुरा  प्रष्ट हुन सकेन । प्रष्ट पार्नुपर्ने कुरामा एमाले नेतृत्वले जाँगर पनि देखाएन । यसले आन्दोलन पनि ठीकै हो, पार्टी पनि अलि अलि ठिक हो भन्ने प्रवृतिका कारण एमालेको संगठनको काम हुन सकेन । चुनावी मैदान राजपा जुन तयारीबिना उत्रिनु परेको थियो, एमालेको सन्दर्भमा पनि अवस्था त्यस्तै हो । 

दोश्रो चरणको चुनावको मनोनयन दर्ताको मिति असार २ भन्दा अघिसम्म तराईमा मधेश केन्द्रित दलहरुले एमालेको गतिविधिमा अवरोध सिर्जना गरिरहेका थिए । मधेश केन्द्रित दलले औपचारिक रुपमा निर्णय गरेरै एमालेको राजनीतिक कार्यक्रमलाई निषेध गरेका थिए । कतिपय स्थानामा भौतिक आक्रमणको प्रयास समेत भए । यसले एमालेलाई रक्षापंक्तिमा लगेर उभ्यायो । स्थानीय  राजनीतिक नेतृत्वमा निष्क्रियता थप्यो । राजमार्गमा रहेको क्षेत्रमा बैठक र कार्यकर्ताको भेला  राखेर कार्यकर्ता जोगाउने काम बाहेक नागरिकसँग जोडिने कामबाट एमाले टाढियो । प्रदेश नम्बर २ मा अहिले देखिएको परिणामको एउटा कारण यही हो ।

कारण नं. २ ः

३ असोज ०७२ मा जारी भएको संविधानलाई मधेशमा “संविधान हमारा नही है जला डालो” भनियो र जलाइयो । अहिले त्यही संविधान अन्र्तगत भएका र हुने  चुनावमा उनीहरुकै सहभागिता भैरहेको छ । संविधान जारी भएको खुशीमा दीपावली मनाइयो तर मधेशमा दीपावली मानउन चाहनेले पनि त्यो स्वतन्त्रता प्राप्त गर्न सकेनन । बिद्युत प्राधिकरणले आन्दोलनकारीको आव्हानमा ब्ल्याकआउट गरिदियो । अनि भनियो आधा देश अँध्यारोमा थियो । 

हुन पनि हो, वास्तवमा यो संविधान मधेश बिरोधी थिएन भन्ने कुराको अडान लिने एमालेले यो कुरा मधेशी नागरिकको बीचमा लाने प्रयास गरेन । संविधानले गरेको ब्यवस्थाको बारेमा नागरिकलाई बताउने प्रयास पनि गरेन । राजनीतिक गतिविधि गर्ने वातावरण पनि थिएन र संविधानका बारेमा बताउने प्रयास पनि गरेन भन्ने कुरा बिरोधाभाषपूर्ण हुने देखिए पनि राजनीतिक दलले जस्तोसुकै अप्ठयारो अवस्थामा पनि नागरिकको बीचमा रहेर काम गर्ने कुरा अकाट्य हुने भएकोले सहज बिधि अपनाएर एमालेले यो कुरा मधेशका नागरिकको बीचमा लाने प्रयत्न नगरेकोले फलस्वरुप एमाले नागरिकबाट टाढियो । चुनावको मुखमा नागरिकसामु गएको एमालेले यो रिक्ततालाई पूरा गर्न सकेन । प्रदेश २ को परिणामको अर्को कारण यही हो ।

कारण नं. ३ ः

पार्टी अध्यक्ष केपी ओलीलाई मधेशमा सबैभन्दा ठूलो भिलेनको रुपमा देखाउने काम भयो । मधेशी आन्दोलनकारीले स्थापित गरेको कुरा के हो भने ओलीकै कारण मधेश बिरोधी संविधान जारी भएको हो । त्योबेला प्रधानमन्त्री सुशील कोइराला भए पनि त्यसको मुख्यकर्ता ओली हुन भन्ने कुरा स्थापित गर्न मधेशी दलको आधारभूत तहको कार्यकर्तादेखि शीर्ष नेताहरुले महत्वपूर्ण भूमिका खेले । ओलीलाई जसले  बढी आलोचना गर्न सक्यो, त्यही ठूलो क्रान्तिकारी हुने अवस्था सिर्जना भयो । केपी ओलीको बिरोध क्रान्तिकारीताको मानक बन्न पुग्यो । आँप, माखेसाङला, युपी बिहार माग्न जाउ, झलनाथ खनालको “धोती”प्रदेश जस्ता कुराहरुको यति प्रचार गरियो कि ओली र समग्र एमाले बिरुद्ध घृणाको राजनीति गरियो । फरक प्रसंगमा नेताहरुले दिएको अभिब्यक्ति अहिले पनि नियोजित रुपमा एमालेको बिरुद्ध उपयोग गरिन्छ । राजनीतिक सुझबुझ भएकाले यो कुरा बहसमा ल्याउँछन र एमालेले मधेशीलाई हेप्यो भन्ने कुरा स्थापित गर्ने कोशीस भइरहन्छ । 

तर एमालेको स्थानीय नेतृत्व पंक्तिले यो कुरालाई खण्डन गर्ने जाँगर देखाएन । फलस्वरुप एकोहोरो रुपमा दिइएको अभिब्यक्तिले  एमालेबिरुद्ध घृणा पैदा गर्‍यो  । पछिल्लो चुनावको क्रममा एमालेले केन्द्रीय नेतृत्वलाई मधेश केन्द्रित गराएर यस्ता भ्रमहरु चिर्ने प्रयास भए पनि त्यो आम नागरिकको बीचमा पुग्नेगरि हुन सकेन । एमालेले मधेशीलाई हेप्यो र एमाले मधेश बिरोधी हो भन्ने  कुरा चिर्ने काममा एमालेले सफलता पाउन सकेन । जसले पनि परिणाम एमाले नेताहरुले भने जस्तो उत्साहजनक आएन । 

कारण नं. ४ ः

भारतको नाकाबन्दीबिरुद्ध सशक्त रुपमा उभिएको ओली सरकार र एमालेलाई मधेशमा सबैले घेराबन्दीमा पार्ने काम गरे । एमाले नेताहरुको अभिब्यक्तिलाई पनि स्मरण गर्ने हो भने एमाले बिरुद्ध बाहय शक्ति पनि लाग्यो । राजनीतिक धरातलमा देखिएका कतिपय घटनाक्रमले एमाले नेताहरुले दिएको यसखाले अभिब्यक्तिमा दम रहेको पाइन्छ । नाकाबन्दी बिरुद्धको एमालेको अडान मधेशमा पाच्य हुन सकेन । भारत बिरुद्धको अभिब्यक्ति राष्ट्रवाद होइन भनेर नाकाबन्दी बिरुद्धको एमाले अडानलाई चित्रित गर्न बिपक्षीहरु सफल भए । भारत नभए नेपालमा केही पाईंदैन त्यही भएर भारतको बिरोध गरेर हुँदैन भन्ने मान्यता स्थापित गर्न एमालेका इतरका शक्तिहरु सफल भए त्यो कतिपय हदसम्म ठिकै पनि होला । तर  एमालेले परस्पर हितको आधारमा सम्बन्धहरु बन्ने कुरामा आफू दृढ रहेको कुरा स्थापित गर्ने कोशीस गरेन । यसलाई एमाले इतरका शक्तिले “एमालेको खोक्रो राष्ट्रवादको” रुपमा स्थापित गरिदिए जुन एमालेका लागि प्रतिकूल हुन पुग्यो । 


कारण नं. ५ :

एमालेबिरुद्धको सत्ता गठबन्धन र आक्रमण पनि एमालेको अहिलेको परिणामको कारक हो । बाराको निजगढमा एमाले बिरुद्ध माओवादी र नेपाली कांग्रेसको गठबन्धन भयो । माओवादीको सहयोगमा नेपाली कांग्रेसले मेयर त जित्यो, तर निजगढ नगरपालिकामा उपमेयर जित्नुपर्ने माओवादी शून्यमा रह्यो । 

अर्को एमालेका बिरुद्ध मोर्चाबन्दी गरेका मधेशी दलहरुले एमालेका बिरुद्ध ठुलो शक्ति र उर्जाको प्रयोग गरे । एमालेलाई मधेशमा सफल हुन नदिने रणनीति लिएका मधेशी दलहरुको ब्यवहार नेपाली कांग्रेस र नेकपा माओवादीप्रति भने मित्रवत देखियो । त्यसको परिणाम चुनावमा मधेशी दलहरुलाई समेत पछि पार्दै कांग्रेस र माओवादी अगाडि आए । एमाले रोक्न सफल मधेश केन्द्रित दलहरु पनि आफैंमा सफल भए भन्न सकिने आधारहरु भने छैनन् ।  

कारण नं. ६ ः

एमाले भित्रको गुटगत गतिवधि एमालेको परिणामलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष हो । रौतहटको चन्द्रपुर नगरपालिकाको टिकट बितरणमा विवाद देखियो । पर्साको पर्सागढी, बीरगंज महानगरको वडा नं ३० र ३२ मा टिकट बितरणमा समस्या देखियो । यो त उदाहरण मात्र हो । एमाले भित्रको गुट कतिसम्म प्रभावकारी र क्रियाशिल छ भने बिपरित गुटको मान्छेले टिकट पायो भने एमालेकै झण्डा बोकेर हराउने काम गर्नेहरु प्रशस्त छन । 

र अन्त्यमा,

सामूहिकता र बर्गीय हार्दिकता यतिबेला एमालेको इतिहास भएको छ । हिजोका असल कार्यशैलीहरु आज एकादेशको कथा जस्तो भएको छ । नेतामा बुर्जुवा संस्कार हावी भएको छ । नेता उपरखुट्टी लाएर आदेश दिने कार्यकर्ता आदेशको तामेली गर्ने, पार्टीको काम तर्दथवादमा मात्र सीमित भएको छ । एकले अर्कोलाई तास्ने र खुइल्याउने काममा एमाले भित्रको गुटको सम्पूर्ण उर्जा सकिएको देखिन्छ । अराजनीतिक प्रतिस्पर्धाले पार्टीभित्र अराजकतालाई मौलाउने अवसर दिएको छ । आफ्नालाई सक्न प्रयोग गरिने उर्जा प्रतिपक्षीहरुलाई परास्त गर्न स्थानीयदेखि केन्द्रको नेतृत्वले जुन दिन प्रयोग गर्छ, त्यो दिन फेरि एमालेकालागि सुखद यात्राको प्रस्थान बिन्दु बन्ने छ । तर अहिले परिणाममा यही गुटको एउटा प्रभाव पनि परेका छ  ।  

यी र यस्ता समस्याहरु बीचबाटै प्रदेश न २ मा एमालेले जुन परिणाम निकालेको छ  त्यो फेरि पनि एमालेका निम्ति उत्साजनक नै हो । प्रदेश नं २ मा एमालेले गुमाउनु पर्ने केही थिएन, सबै सकिएकै थियो । जे पाएको छ त्यसले मधेशका नागरिकले एमालेलाई माया गर्छन् भन्ने कुरा स्थापित भएको छ । मधेशमा देखिएको एमालेको परिणाममा मधेशी, पहाडी, आदिवासी जनजाती सबै समुदाय देखिन्छ । त्यहाँ मिनी नेपाल छ । 

एमालेका लागि  अर्को सबल पक्ष भनेको के रह्यो भने मधेशमा एमालेको बिरुद्ध पुत्ला जलाउने, एमालेको राजनीतिक गतिविधि निषेध गर्नेहरु कालान्तरमा गएर एमालेमा प्रवेश गरेर चुनाव लडे, कतिपयले जितेका पनि छन । हिजो एमालेका बिरुद्ध जाईलाग्ने प्रवृत्ति राजनीतिक होइन भन्ने कुरा यो चुनावले स्थापित गर्न सक्यो । यी र यस्तै परिस्थिति र परिबन्दबाट एमाले गुज्रंदै गर्दा मधेशमा उसले पाएको जनमत उसका निम्ति आशाको संचार गर्न काफी छ ।सभारः उज्यालो अनलाईन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.